शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

दूध र मासुमा सिन्धुली आत्मनिर्भर

मंगलवार , भाद्र १४, २०७९

सिन्धुली – सिन्धुली जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि सिन्धुली दूधमा आत्मनिर्भर हुँदै गएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको तथ्यांक अनुसार दूध र मासु अन्य जिल्लामा यहाँबाट निर्यात हुन थालेको छ । जिल्लामा दश हजार सात सय ४५ मेट्रिक टन मासु उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका सहायक स्तर पाचौँ सरोज जिरेलले बताउनुभयो । जिल्लामा वार्षिक प्रति व्यक्ति ३६.२ केजी मासु खपत हुन्छ । उहाँका अनुसार जिल्लामा मासुको माग रहेको छ भन्ने विवरण भने छैन । जिल्लाबाट कति निर्यात हुन्छ भन्ने विवतरण पनि नभएको उहाँले बताउनुभयो । “जिल्लाबाट मासु निर्यात हुन्छ । यहाँ उत्पादन भएका कुखुरा, रागाँ, खसि बाहिर पनि गइरहेको छ । यकिन रुपमा कति बाहिर जान्छ भन्ने तथ्यांक भने छैन ” उहाँले भन्नुभयो ।

जिल्लाबाट दुध पनि निर्यात हुन थालेको उहाँले बताउनुभयो । सिन्धुलीमा ४० हजार ५ सय ४८ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । सो मध्ये वार्षिक प्रति व्यक्ति १३७ लिटर खपत हुन्छ । “सिन्धुली दूध र मासु आत्मनिर्भर भइसकेको छ”, जिरेलले भन्नुभयो । उहाँका अनुसार पछिल्लो समय किसानले व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि जिल्लामा दूध उत्पादन बढेको हो ।“सरकारबाट पनि किसानले अनुदान पाउन थाले र व्यावसायिक रुपमा लागे”, उहाँले भन्नुभयो, “अहिले किसानले घास खेती गर्न थालेका छन् यसकारण पनि दूध उत्पादन बढेको हो ।”

अण्डा जिल्लामा २२ हजार ८ सय ९ गोटा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा ५८ वटा गाउँ फार्म संचालनमा रहेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका अनुसार जिल्लामा ६५ वटा भैसी फार्म, ४ सय ८० बाख्रा फार्म संचालनमा रहेका छन् । यस्तै २६ वटा रागाँ फार्म, २ सय ७४ वटा कुखुरा फार्म, १ सय ३८ बंगुर फार्म, २ सय ७१ मिश्र्रीत फार्म १४ डेरी पसल, ३० कृषि सहकारी, ३३ वटा मा ३० कृषि सहकारी, ३३ वटा माछा फार्म, एउटा पोल्ट्री हाचरी वितरण, ५५ वटा मासु पसल, ३६ वटा भेटेरीनरी औषधी पसल र ४ वटा दाना पसल संचालनमा रहेका छन् ।

प्रतिक्रिया