शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

उवासंघ सिन्धुलीको दुई वर्षको खर्च झण्डै ६७ लाख रुपैँया

बुधवार , भाद्र १, २०७९

सिन्धुली– सिन्धुली उद्योग वाणिज्य संघले दुई वर्षमा ६६ लाख ७३ हजार ९२९ रुपैँया खर्च गरेको छ । संघले ३१ र ३२ औँ साधारण सभामा आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ को आयव्यय प्रस्तुत गर्दै उक्त खर्च भएको जनाएको छ । त्यसैगरि, संघले ७८ हजार नौँ सय २५ रुपैँया आम्दानि गरेको छ । अर्थिक बर्ष २०७७/०७८ को आम्दानि २८ लाख १६ हजार सात सय ७८ रुपैँया देखिएपनि सबै खर्च कटाउँदा ३४ हजार एक सय ८६ रुपैँया बचत भएको संघले जनाएको छ । त्यसैगरि, आ.व. २०७८/०७९ को आम्दानि ३९ लाख ३५ हजार नौँ सय ७६ रुपैँया देखिएपनि सबै खर्च कटाउँदा ४४ हजार सात सय ३९ रुपैँया बचत भएको जानकारी दिइएको छ । साथै, सभामा आगामी आर्थिक बर्ष २०७९/०८० को अनुमानित आय व्यय विवरण समेत प्रस्तुत गरिएको थियो । विवरण अनुसार आ.व. २०७९/०८० मा ४२ लाख ६६ हजार सात सय ५४ रुपैँया आम्दानि हुँदा ५३ लाख आठ हजार दुई सय पाँच रुपैँया खर्च हुनेछ ।

नीजि क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार: स्वास्थ्य मन्त्री लामा: बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभएको छ । साधारण सभा कार्यक्रममा सम्बोधन गर्दै मंगलबार मन्त्री लामाले व्यापार व्यवसाय निजी क्षेत्रलेनै गर्नुपर्ने र त्यसमा सरकार तथा राज्यका निकायले समन्वय गर्नुपर्ने उहाँको भनाई छ ।

बागमती प्रदेश सरकारको लगानीमैत्री निती भएकाले उद्योगीहरुले बागमती प्रदेशका विभिन्न जिल्लामा लगानी गरि उद्योगहरु खोल्न उहाँले अनुरोध गर्नुभयो । व्यवसायीले तिरेको कर सहि ठाँउमा सदुपयोग हुन्छ भन्ने कुरामा निजी क्षेत्रलाई सरकारले विश्वास दिलाउन सक्नुपर्ने भन्दै उहाँले नीजि क्षेत्र र सरकारको समन्वयमा मात्रै देशको विकास हुन सक्ने बताउनुभयो । उहाँले सिन्धुलीमा सुविधा सम्पन्न अस्पताल बनाउन प्रदेश सरकार लाग्ने प्रतिवद्धता गर्नुभयो । सिन्धुलीको कोभिड अस्पताललाई कोभिड न्युनिकरण भएपश्चात ट्रमा सेन्टर बनाउनका लागि प्रदेश सकारले आवश्यक सहयोग गर्ने भन्दै उहाँले सिन्धुलीमा स्वास्थ्य क्षेत्रको विकास गर्न प्रदेश सरकारले सधै सहयोग गर्ने बताउनुभयो ।

सो कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष एवं सार्क उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चण्डिराज ढकालले नीजि क्षेत्रसँग राज्यले सहकार्य गर्न सकेन भने सबै संम्भावनाबाट अलग हुने अवस्था आउने बताउनुभयो । उहाँले स्थानिय सरकार र निजी क्षेत्रले सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । उद्योग बाणिज्य संघले गर्ने मेला महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नुका साथै आर्थिक चलायमान हुने उहाँको भनाई छ । व्यवसायीहरुले समेत सचेत हुनुपर्ने परिस्थिति आएको भन्दै उहाँले आफ्ना उद्योगले उत्पादन गर्ने उत्पादित बस्तु गुणस्तरिय भएमात्रै राज्यसँग आफुहरुले अधिकार खोज्न मिल्ने बताउनुभयो । उद्योग बाणिज्य महासंघले विभिन्न समयमा कृषिलाई व्यवसायीकरण गर्नका लागि एक जिल्ला एक उत्पादन जस्ता कार्यक्रम ल्याई कृषि क्षेत्रको प्रवद्र्धन गर्न सहयोग गर्दै आएको बताउनुभयो ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया