सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले झण्डै साढे दुइ करोड राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा प्रशासनले दुइ करोड ३५ लाख ४० हजार ७ सय ३६ रुपैया राजस्व संकलन गरेको हो ।
राहदनीबाट दुई करोड २७ लाख ९० हजार राजस्व संकलन भएको प्रशासनले जनाएको छ । यस्तै प्रशासनिक दण्ड जरिवाना मार्फत ४ लाख २९ हजार, हातहतियार नवीकरणबाट २१ हजार र अन्य सेवा शुल्कमार्फत दुइ लाख ७७ हजार ६ सय ५० गरी जम्मा २ करोड ३५ लाख ४० हजार ७ सय ३६ रुपैयाँ राजस्व संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी रिद्धि प्रसाद सापकोटाले जानकारी दिनु भयो ।
गत आ..व. २०७७/०७८ मा भने ९३ लाख ८२ हजार २ सय ३६ मात्र राजस्व संकलन भएको थियो । कार्यालयले विभिन्न शिर्षकबाट उक्त राजस्व सकंलन गरेको हो । परिक्षा शुल्कबाट १७ हजार र सरकारी सामान विक्रिबाट ५ हजार राजस्व संकलन भएको प्रशासनले जानकारी दिएको छ । गत २०७७÷७८ मा १ सय ४ मुद्दा दर्ता भएको थियो ।