शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

फेरि इन्धनको मूल्य बढाउने संकेत

बिहिवार , जेठ १९, २०७९

काठमाडौं, १९ जेठ - नेपाल आयल निगमको घाटा थप बढेको भन्दै फेरि मूल्य बढाउने संकट देखाएको छ। बुधबार इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्यका आधारमा निगमलाई मासिक ६ अर्ब १५ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

आइओसी पठाएको नयाँ मूल्यमा डिजल र ग्यासको मूल्य घटेर आएको देखाएको छ । जसमा डिजल लिटरमा ७ रुपैयाँ र ग्यास २२ रुपैयाँ घटेर आएको छ । पेट्रोल भने ८ रुपैयाँ २१ पैसा महगो भएर आएको निगमले जनाएको छ।

नयाँ मूल्यका आधारमा पनि पाक्षिक रुपमा पेट्रोलमा ६७ करोड, डिजेलमा एक अर्ब ३० करोड र एलपी ग्यासमा एक अर्ब ४३ करोड रुपैयाँ घाटा नै रहेको निगमले जनाएको छ।

आइओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा र डिजेलमा १९ रुपैयाँ ७३ पैसा र ग्यासमा प्रति सिलिण्डर १४३ रुपैयाँ २४ पैसा घाटा रहेको छ। अहिले पेट्रोल प्रतिलिटर १८० र डिजेल १६३ र ग्यास १८०० रुपैयाँ मा कारोबार भइरहेको छ।

प्रतिक्रिया