काठमाडौँ १७ माघ – एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउन लागेको वेष्ट इन्डिजका अलराण्डर क्रिस गेलले नेपाली समर्थकलाई आफनो खेल हेर्नका लागि तयार रहन आग्रह गर्नु भएको छ ।
इपीएलले टिट्वरमार्फत सार्वनिजक गरेको भिडियोमा गेलले आफू नेपाल आउन उत्साहित रहेको र आफनो खेलका लागि तयार रहन समर्थकलाई आग्रह गर्नु भएको छ ।
उहाँले आफूलाई टी–ट्वान्टी किङसमेत दाबी गर्नु भएको छ । आफनो प्रदर्शनले प्रतियोगितामा रोमान्चकता थपिने बताउनु भएको गेलले भिडियोमा भन्नु भएको छ,“के छ नेपाल ! म क्रिस गेल । युनिर्भिसल बोस । टी–ट्वान्टी किङ् । नेपालमा आयोजना हुन लागेको ‘म्याग्निफिसियन्ट क्रिकेट फियस्टा’ एभेरेस्ट प्रिमियर लिगका मेरो टिम पोखरा राइनोज्लाई समर्थन गर्न आउनुहोस् । चाँडै भेटौंला ।” उहाँले पोखरा राइनोजबाट समूहका दुई खेल खेल्नु हुने छ ।