• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

क्रिस गेल ईपीएल खेल्‍न नेपाल आउँदै

प्रकाशित मिति : बिहिबार, माघ १६, २०७६

सिन्धुली साैगात संवाददाता

काठमाडौं १६ माघ- वेष्ट इन्डिजका अलराउण्डर गेलले पोखरा राइनोजबाट एभरेष्ट प्रिमियर लिग खेल्ने पक्का भएको हो । पोखरा राइनोजले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मार्की खेलाडीका रुपमा गेललाई भित्र्याउन लागेको जानकारी दिएको छ । योसँगै युनिर्भसल बोसका नामले समेत परिचित गेल नेपाल आउने पक्का भएको हो ।

उनले पोखरा राइनोजबाट समुहका दुइ खेल खेल्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । टि–ट्वान्टी क्रिकेटमा वि स्फोटक ब्याटसम्यानका रुपमा परिचित ४० वर्षीय गेलले वेष्ट इन्डिजबाट ५८ टि–ट्वान्टी क्रिकेट खेलेका छन् ।

तीन सय बढी एकदिवसीय अन्तराष्ट्रिय खेलको अनुभवी अलराउण्डर गेलले १ सय ३ टेष्ट क्रिकेट खेलेका छन् । यस्तै विभिन्न देशमा आयोजना हुने फ्रेन्चाइज लिगसमेत खेल्दै आएका छन् ।