बिहिवार, आश्विन २९ गते २०८३

Thursday 15th October 2026

कलंकीमा सिन्धुलीका १८ वर्षीय युवकको हत्या, एक पक्राउ

बुधवार , आश्विन २८, २०८३

काठमाडौं,२८ असोज – काठमाडौंको कलंकीस्थित खसी बजारमा दुई युवाबीच भएको झगडाका क्रममा एक युवकको हत्या भएको छ । घटनामा सिन्धुलीको हरिहरपुर गाउँपालिका–३ घर भएका १८ वर्षीय रोशन पाख्रिनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मंगलबार राति भएको झगडाका क्रममा रोशनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुलीकै १९ वर्षीय रुपेश पाख्रिनलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार मंगलबार राति रोशन र रुपेशबीच विवाद भएपछि घटना भएको थियो । हत्यामा संलग्न रहेको आशंकामा रुपेशलाई सोही रात नियन्त्रणमा लिइएको हो ।

घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । हत्यामा संलग्न रहेको आरोपमा थप तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका रुपेशमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा नियन्त्रणमा लिइएका अन्य तीनजनाको संलग्नताबारे पनि सोधपुछ तथा अनुसन्धान जारी रहेको छ ।

 

 

 

 

प्रतिक्रिया