शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाई– ५ काँग्रेस वडा सभापतिमा देवन्द्र खड्का चयन

आइतवार , आश्विन ४, २०८३


सिन्धुली,०४ असोज — नेपाली काँग्रेस सिन्धुलीले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत कमलामाई नगरपालिका वडा नं. ५ को वडा आइतवार अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट देवन्द्र खड्काको नेतृत्वमा नयाँ वडा कार्यसमिति सर्बसम्मत गठन गर्नुका साथै क्षेत्रिय प्रतिनिधि चयन गरेको छ ।

निर्वाचन समितिका अनुसार वडा सभापतिमा देवन्द्र खड्का चयन भएका छन् । समितिको उपसभापतिमा कर्णबहादुर सुनुवार र टलकीमाया श्रेष्ठ (भावना), सचिवमा बलबहादुर विक (दिपक) तथा सहसचिवमा राजन ढकाल चयन भएका छन् ।

नवनिर्वाचित वडा कार्यसमितिका सदस्यहरूमा महिला सदस्यतर्फ तिलकुमारी कार्की (गीता) र तिलकमाया खड्का, दलित महिला सदस्यमा सन्जु विक, युवा सदस्यमा खेम राना मगर र सुमित्रा कार्की रहेका छन् । खुला सदस्यतर्फ बृजमोहन प्रसाद गुप्ता, गणेश राना मगर र कृषबहादुर पाख्रिन चयन भएका छन् । 
अधिवेशनले विभिन्न समूह तथा क्षेत्र समेटिने गरी क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत रूपमा चयन गरेको छ । क्षेत्रीय प्रतिनिधितर्फ गोपालकुमार पौडेल, रमेश महतारा, विश्वेश्वर पाण्डे, कमलकुमार पोखरेल, उद्वव ढकाल, पूर्णबहादुर खड्का, बृजमोहन प्रसाद गुप्ता र प्रकाश सुनुवार (कल्याण) चयन भएका छन् ।

महिला क्षेत्रीय प्रतिनिधिमा इन्दिरा पोखरेल, बालकुमारी श्रेष्ठ, सम्झना कुमारी रौक्का, शकुन्तला राई र ऐती क्षेत्री चयन भएका छन् । युवा महिला प्रतिनिधिमा लक्ष्मी आले नेवा (खड्गी) तथा युवा खुलातर्फ प्रदीप ढकाल, समीर विक्रम थापा र आयुष खड्का चयन भएका छन् ।

प्रजातान्त्रिक सेनानी, शहीद परिवार तथा द्वन्द्वपीडित समूहबाट माणिक ढकाल र गोविन्द खड्का, पेशागत क्षेत्रबाट दामोदर अधिकारी, दलिततर्फ सन्जु कुमार विश्वकर्मा र बलबहादुर विश्वकर्मा, अपाङ्गता तथा खुलातर्फ उज्ज्वल ढकाल, श्रमिकतर्फ विनोद अधिकारी चयन भएका छन् ।

त्यस्तै आदिवासी जनजाति क्षेत्रीय प्रतिनिधिमा देवनारायण श्रेष्ठ, सञ्जय श्रेष्ठ, बुद्धबहादुर बम्जन, सोमबहादुर थामी र शुक्रबहादुर थिङ चयन भएका छन् । खस–आर्यतर्फ वीरविक्रम ढकाल र राजुकुमार पोखरेल तथा अल्पसंख्यकतर्फ सूर्य मान हायु क्षेत्रीय प्रतिनिधि बनेका छन् ।

यसैबिच नेपाली काँग्रेस सिन्धुलीले जिल्लाका ७९ वटै वडामा १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । केही सीमित वडामा छलफल जारी रहे पनि अधिकाँश वडामा अधिवेशन सम्पन्न भइसकेको र बाँकी प्रक्रिया समेत आइतबारभित्र पूरा हुने निर्वाचन अधिकृत प्रवीण हुमागाईंले जानकारी दिएका छन् ।

उनका अनुसार सम्पन्न भएका तथा अन्तिम चरणमा रहेका सबै वडामा कार्यसमिति गठन र क्षेत्रीय प्रतिनिधि चयन सर्वसम्मत रूपमा गरिएको छ । शनिबार र आइतबार जिल्लाभर काँग्रेसको वडा अधिवेशन सञ्चालन भएको थियो ।

नेपाली काँग्रेस सिन्धुलीले असोज ७ गते पालिका अधिवेशन तथा असोज १० गते निर्वाचन क्षेत्र र सम्बन्धित प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ । पार्टीको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया