शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मंगलवार पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं ,३० असार - अघिल्लो साता निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्य चालु साता पनि घट्न थालेको छ ।  चालु साताको आइतबार बढेको सुनको मूल्य त्यसयता सोमबार र मंगलबार निरन्तर घटेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार २ हजार ८०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ थियो । आइतबार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ थियो । 

यस्तै, मंगलबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँ रहेको महाशाखाले जनाएको छ । सोमबार चाँदीको मूल्य १०० रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँ थियो भने आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ४७५ रुपैयाँ थियो । 
 

प्रतिक्रिया