शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आगोले पोलेर सिन्धुलीमा एक पुरुष घाइते

शनिवार , जेठ १६, २०८३

सिन्धुली, १६ वैशाख  — सिन्धुलीको दुधौली नगरपालिका–७ सिमराहीमा शुक्रवार आगोमा डोको सुकाउने क्रममा आगोले पोलेर एक जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ५४ वर्षीय भक्तबहादुर श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले नयाँ बुनेको डोको आगोको तापमा सुकाउने क्रममा अचानक डोकोमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिने प्रयासका क्रममा उनी स्वयं आगोको चपेटामा परेका थिए । घटनामा उनको दुवै हात, अनुहार तथा पिठ्युँमा गम्भीर प्रकृतिको पोलाइ लागेको जनाइएको छ ।

घटनापछि परिवारका सदस्य तथा स्थानीयवासीको सहयोगमा उनलाई तत्काल उपचारका लागि कटारीस्थित प्रादेशिक अस्पताल पु¥याइएको थियो । प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था मध्यम रहेको चिकित्सकहरूले बताएका छन् । 

इलाका प्रहरी कार्यालय दुधौलील घटनाबारे आवश्यक जानकारी संकलन तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । प्राथमिक उपचारपछि थप विशेषज्ञ उपचार आवश्यक देखिएकाले श्रेष्ठलाई बिहान १०ः३० बजे काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । उनको उपचार त्यहीँ जारी रहने बताइएको छ ।

स्थानीय तह तथा सुरक्षाकर्मीहरूले खुला आगो प्रयोग गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । विशेषगरी घरायसी प्रयोजनका सामग्री सुकाउने वा तताउने क्रममा हुने सानो लापरवाहीले समेत गम्भीर मानवीय क्षति निम्त्याउन सक्ने भएकाले सतर्क रहन सुझाव दिइएको छ ।

प्रतिक्रिया