शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२२ अप्रिल, लेनिनदिवस र नेकपा स्थापना दिवसको सन्दर्भमा !

साम्यवादीले सबभन्दा पहिला आफैलाई वर्गसंघर्षको भट्टिमा परिक्षण गर !

बुधवार , बैशाख ९, २०८३

आज २२ अप्रिल अर्थात लेनिन दिवस हो । संसारभर यो दिवसहरू मनाइएका हुन्छन् । नेपालमा पनि सामन्तवादी निरंकुश जहानीयाँ राणा शासनको समयमा २००६ सालमा यसै दिवसको अवशर पारेर पुष्पलालले साम्यवादी दल स्थापना गरेका थिए । नेपालका विभिन्न दलहरूले आज नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको रुपमा पनि विभिन्न कार्यक्रमहरू गर्दै यो दिवस मनाउने गरेका छन् । 

अहिले जुन युगमा मानिस बाँचिरहेका छन् त्यो पौने २ सय बर्षअघि  साम्यवाद स्थापना भैसकेको  युग हो । अहिलेको यो युगमा मानिसले साम्यवादलाई पन्छाएर र साम्यवादलाई सम्बोधन नगरी कुनै पनि बिषयमा निश्कर्ष निकाल्न र समाधान दिन सक्दैनन् । साम्यवादबाट टाढा हुनखोज्ने जो कोही यो युग सापेक्ष हुनसक्दैन र बिरुद्ध खडा हुने त झन् यो युग वा मानवता बिरोधि रुपमा हुन पुग्दछ ।

साम्यवाद बुझ्ने पहिलो पुस्तक महान् माक्र्स र एङ्गेल्सको अनुसन्धानात्मक र कम्युनिस्ट लिगबाट पारित भएर पुस्तिका “कम्युनिस्ट पार्टीको घोषणापत्र” हो । यही पुस्तिकाको पारितसँग साम्यवादी युगको उदघाटन भएको हो । उक्त पुस्तिका पढौं ! अहिलेको समयको बस्तुगत अवस्थाको विश्लेषण गरौं ! साम्यवादी आन्दोलनको जिम्मेवारी पूरा गर्न सहि बिचार र राजनीतिक कार्यदिशा दिओैं ! सोही अनुसार कार्यक्रम विकास गरेर अघि बढौं ! बहुलवादी बनेर बुर्जुवाको भुलभुलैयामा परेर युगले सुम्पिएको जिम्मेवारिबाट पन्छिने हक कसैलाई छैन ।

यहाँ समस्या के भएको छ भने कहिल्यै आफूलाई बिचारधारात्मक संघर्षमा पनि नहोम्ने र वर्गसंघर्षको पाटोमा कतै नदेखिने मानिस आफूलाई कम्युनिस्ट भन्छन्, अझ नेतृत्त्वमै पुगेका हुन्छन् उनीहरूलाई पनि साम्यवादी भनिदिनु पर्ने बिडम्बना छ । के साम्यवादी हुँ भन्नेले वर्गसंघर्षको भट्टीमा आफूलाई खार्नुपर्दैन ? सँधै संसदीय व्यवस्थामा भाग लिने र सरकारमा पुग्न अनेक तरहका हतकण्डा अपनाएको बिषयलाई संघर्ष गरेको भन्दै पद र हैसियतको दावी गर्नेहरू साम्यवादी हुँदैहैनन् । जस्तो एमाले दल र नेतृत्व–कार्यकर्तालाई साम्यवादी बुझेर एकतामा जोड्नुपर्ने तर्क गर्नेहरू आफै साम्यवादी मूल्य र मान्यतामा रहन सकेका छन् र ?

जो कोही साम्यवादी हौं भन्छौं भने के आधारमा साम्यवादी हौं ? साम्यवादको आधारभुत प्रश्नमा जो सवाल उठाउने गर्छन् उनीहरूलाई जढताको बिल्ला भिराएर कसरी साम्यवादी हुनसकिन्छ ? आफूले लिएका मुल्यमान्यता र जीवनदर्शनबाट साम्यवाद पुष्टि गर्ननसकेको अवस्थाबाट बच्न अरूलाई जढको बिल्ला नगाउने तरिकाले कोही पनि साम्यवादी हुनसक्दैनन् ।

अहिले अर्थात मालेमावादको विकासपछि साम्यवादी आन्दोलन अन्तर्राष्ट्रियस्तरमै रक्ष्यात्मक बनेको छ । पछिल्लो चरणमा भाकपा (माओवादी) को नेतृत्वको हत्या र नेतृत्त्व बिघटनको कमजोर अवस्थामा प्रतिक्रियावादी सत्ताले विजयको घोषणा गर्दा प्रतिक्रिया दिननसकेको अवस्थापछि रक्ष्यात्मक बन्नपुगेको छ । रक्ष्यात्मक बन्नुको मतलव गलत भएको हैन, यो समिक्षाको सवाल हो । यही अवस्थाबाट उठेर मात्र जनक्रान्ति सम्भव छ । अहिले पनि मालेमावादी नभै कोही या कुनै दल साम्यवादी हुनसक्दैनन् । अहिले पनि मालेमावादका आधारभुत सवालहरूबाट पन्छिएर साम्यवादी हुनखोज्नेहरूसँग जोगिंदै साम्यवादी आन्दोलन अघि बढाउनुको कुनै बिकल्प छैन ।

प्रतिक्रिया