शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नयाँ वर्षमा भूपू सैनिकहरूको एकता र उत्साह सहित भव्य कार्यक्रम

मंगलवार , बैशाख १, २०८३


सिन्धुली, १ वैशाख – नयाँ वर्ष २०८३ को अवसरमा आज नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला कार्य समिति सिन्धुलीको आयोजनामा भूपू सैनिकहरूको उपस्थितिमा आफ्नो कार्यालयमा झण्डोत्तलन  तथा शुभकामना आदानप्रदान विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष भक्तबहादुर राईले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै भूपू सैनिकहरूबीच एकता, सहकार्य र संगठन सुदृढीकरणमा सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो। त्यस्तै उपाध्यक्ष रामचन्द्र कार्कीले संघलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै अघि बढाउन सदस्यहरूको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा विभिन्न तहका भूपू सैनिक सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।  नयाँ वर्षको अवसरमा आयोजित यस कार्यक्रमले भूपू सैनिकहरूबीच एकता, भाइचारा र संगठनप्रतिको प्रतिबद्धता अझ बलियो बनाउने बिश्वास गरिएको छ । 

सिन्धुलीमा २०४९ सालमा स्थापना भएको नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघले जिल्लामा विभिन्न गतिबिधिहरू सञ्चालन गर्दै आईरहेको छ ।  संघका अनुसार भूतपूर्व सैनिकहरूको हक–हित संरक्षण गर्दै उनीहरूको सेवा–सुविधा, सामाजिक सुरक्षा तथा सम्मान सुनिश्चित गर्नु यसको मूल उद्देश्य रहेको छ ।

त्यस्तै, जिल्लामा रहेका पूर्व सैनिकहरूबीच एकता, सहकार्य र भाइचारा कायम गर्दै राष्ट्रसेवा तथा सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउने लक्ष्य संघले लिएको छ । सेवा निवृत्तिपछि पूर्व सैनिकहरूको पुनस्र्थापना, रोजगारी तथा आत्मनिर्भरता विकासमा सहयोग गर्ने पनि संघको प्राथमिकता रहेको जनाएको छ ।

प्रतिक्रिया