शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ट्रकले मोटरसाइकल लाई ठक्कर दिदा एक जना गम्भीर घाइते

बिहिवार , चैत्र २६, २०८२

सिन्धुली, २६ चैत — सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ ढुंग्रेबासस्थित विपी राजमार्गमा बुधवार राति भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । राति करिब २१ः२० बजे चियाबारीबाट ढुंग्रेबासतर्फ ग्यारेज जान मोडिँदै गरेको ट्रक र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रामेछाप खाडादेवी गाउँपालिका–४ निवासी करिब ५० वर्षीय तेजबहादुर खत्रीले चलाएको बा.४ ख ९५७७ नम्बरको ट्रक र सिन्धुली सुनकोशी गाउँपालिका–७ चालिसे निवासी करिब ४० वर्षीय जितबहादुर स्याङ्वाले चलाएको ज ३ प ७४९० नम्बरको मोटरसाइकलबीच ठक्कर हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् । घाइते स्याङ्वाको शरीरका विभिन्न भागमा चोट लागेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।

घटनापछि उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी ढुंग्रेबासबाट प्रहरी सहायक निरीक्षक हदिन्द्र ठाकुरको कमाण्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो ।घाईतेको सिन्धुली अस्पतालमा प्राथमिक उपचार गरि थप उपचार  न्युरो अस्पताल जनकपुरमा आईसियूमा राखी उपचार भैरहेको प्रहरीले जनाएको छ।

हाल दुवै सवारी साधन तथा ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

 

प्रतिक्रिया