शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

श्रीमतीबाट सम्बन्ध विच्छेद पाएको को खुसीमा ९ किमी दण्डवत् यात्रा

मंगलवार , चैत्र १७, २०८२

दाम्पत्य सम्बन्ध जोगाउन वा मनपरेको जीवनसाथी प्राप्तिका लागि मानिसहरूले पूजापाठ, व्रत र भाकल गर्ने चलन सामान्य मानिन्छ । तर भारतको उत्तर प्रदेशमा एक युवकले भने यसको ठीक उल्टो उद्देश्यसहित गरेको भाकल पूरा भएपछि असामान्य तरिकाले आफ्नो सन्तोष व्यक्त गरेका छन् । वैवाहिक सम्बन्धबाट मुक्ति पाएको खुसीमा उनले करिब ९ किलोमिटर लामो साष्टाङ्ग दण्डवत् यात्रा गर्दै मन्दिर पुगेर भाकल पूरा गरेका हुन् ।

उत्तर प्रदेशको बस्ती जिल्लाका रवि नामका ती युवकले दुई वर्षअघि विवाह गरेका थिए । तर विवाहपछि उनका दाम्पत्य सम्बन्ध सहज बन्न सकेन । दैनिक झगडा, मनमुटाव र तनावका कारण उनी मानसिक रूपमा अत्यन्तै पीडित बनेका थिए । निरन्तरको कलहबाट दिक्क भएका उनले अन्ततः सम्बन्ध विच्छेद गर्ने निर्णय लिए । सोही क्रममा उनले स्थानीय रूपमा प्रसिद्ध बैडवा माताको मन्दिरमा पुगेर ‘यदि श्रीमतीसँग कानुनी रूपमा छुटकारा पाएँ भने साष्टाङ्ग दण्डवत् गर्दै मन्दिर आउनेछु’ भन्ने भाकल गरेका थिए ।

केही समयपछि उनको सम्बन्ध औपचारिक रूपमा विच्छेद भयो । आफ्नो मनोकामना पूरा भएपछि उनले उक्त भाकल निभाउने अठोट गरे । त्यसअनुसार एक बिहान उनी भोकै–प्यासै घरबाट निस्किए । घरदेखि करिब ९ किलोमिटर टाढा रहेको मन्दिरसम्म उनले कुनै सवारी साधन प्रयोग नगरी भुईँमा लम्पसार पर्दै, शरीरका आठ अङ्ग भुईँमा टेक्दै क्रमशः अगाडि बढे । यो कठिन यात्राले उनलाई साँझ ६ बजेतिर मात्रै मन्दिरसम्म पु

केही समयपछि उनको सम्बन्ध औपचारिक रूपमा विच्छेद भयो । आफ्नो मनोकामना पूरा भएपछि उनले उक्त भाकल निभाउने अठोट गरे । त्यसअनुसार एक बिहान उनी भोकै–प्यासै घरबाट निस्किए । घरदेखि करिब ९ किलोमिटर टाढा रहेको मन्दिरसम्म उनले कुनै सवारी साधन प्रयोग नगरी भुईँमा लम्पसार पर्दै, शरीरका आठ अङ्ग भुईँमा टेक्दै क्रमशः अगाडि बढे । यो कठिन यात्राले उनलाई साँझ ६ बजेतिर मात्रै मन्दिरसम्म पुर्‍यायो ।

यात्राका क्रममा उनको शरीर थकानले चूर भएको थियो । घुँडाहरूमा घाउ लागेर रक्ताम्य बनेका थिए । तर पनि उनको अनुहारमा देखिएको सन्तोष र आत्मसन्तुष्टिको भावले उक्त पीडालाई ओझेलमा पारिरहेको थियो । साष्टाङ्ग दण्डवत् परिक्रमामा निधार, छाती, पेट, दुवै हात, दुवै घुँडा र खुट्टा भुईँमा टेक्दै पूर्ण रूपमा प्रणाम गर्दै अघि बढ्नुपर्छ, जसलाई अत्यन्तै कठिन धार्मिक अभ्यासका रूपमा लिइन्छ ।

रविको यो यात्रामा उनी एक्ला थिएनन् । उनका आमाबुबा तथा गाउँका दर्जनौँ स्थानीयवासी बाजागाजासहित सहभागी भई उनको साथमा हिँडेका थिए । उनीहरूको उपस्थितिले यात्रालाई एक प्रकारको सामाजिक उत्सवको रूप दिएको थियो ।

यो घटना सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा व्यापक रूपमा चर्चामा आएको छ । दाम्पत्य सम्बन्ध, व्यक्तिगत स्वतन्त्रता र धार्मिक आस्थाबीचको सम्बन्धलाई लिएर यसले विभिन्न कोणबाट बहससमेत उत्पन्न गरेको छ ।

यायो ।

प्रतिक्रिया