शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिद्दस्थलीमा आधारभूत तहका विधार्थीको दिक्षान्त

शनिवार , फाल्गुण ३०, २०८२

सिन्धुली — सिन्धुलीस्थित सिद्दस्थली अंग्रेजी बोर्डिङ स्कुलले आधारभूत तहका विधार्थीहरूको दिक्षान्त समारोह आयोजना गरेको छ। विगत केही वर्षदेखि विद्यालयले साना कक्षाका विधार्थीहरूको शैक्षिक यात्राको पहिलो चरण पूरा गरेको अवसरमा दिक्षान्त कार्यक्रम गर्दै आएको हो।


आयोजित कार्यक्रममा विधार्थीहरू दिक्षान्तको औपचारिक पोशाक (टोपी र गाउन)मा सजिएर सहभागी भएका थिए। विधार्थीहरूले प्रमाणपत्र ग्रहण गर्दा अभिभावकहरू पनि कार्यक्रममा उपस्थित भई खुशी साटासाट गरेका थिए। आफ्ना छोराछोरीलाई दिक्षान्त पोशाकमा देख्दा अभिभावकहरूले गर्व महसुस गरेको देखिन्थ्यो।

समारोहमा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले प्रारम्भिक शिक्षाले बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सानैदेखि विधार्थीहरूलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले उनीहरूमा आत्मविश्वास र उत्साह बढाउने धारणा व्यक्त गर्नुभयो।


प्रशासनका अनुसार दिक्षान्त कार्यक्रमले विधार्थीहरूको उपलब्धिलाई सम्मान गर्नुका साथै आगामी अध्ययनका लागि प्रेरणा दिने उद्देश्य राखेको छ। कार्यक्रममा विधार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको विधालयले जनाएको छ।

प्रतिक्रिया