शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

गोलन्जोर गाउँपालिकामा नौ सय चालिस बोरा युरिया मल उपलब्ध

शुक्रवार , फाल्गुण २९, २०८२

सिन्धुली — गोलन्जोर गाउँपालिकामा ९४० बोरा युरिया मल उपलब्ध भएको छ। गाउँपालिकाका उपाध्यक्ष पुकार न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएका हुन्।

उपाध्यक्ष न्यौपानेका अनुसार उपलब्ध भएको युरिया मल सम्बन्धित वडा कार्यालय तथा गाउँपालिकामा सूचीकृत सहकारीमार्फत किसानलाई वितरण गरिनेछ। किसानहरूले आवश्यकताअनुसार नजिकको वडा कार्यालय वा सूचीकृत सहकारीबाट मल लिन सक्ने व्यवस्था गरिएको उनले बताएका छन्।

गाउँपालिकाले किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले उक्त मल वितरणको व्यवस्था मिलाइएको जनाएको छ। साथै किसानहरूलाई आवश्यकताअनुसार मात्र मल लिन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया