शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

निर्णायक मौनमतदाता माथि उम्मेदवारको अर्जुनदृष्टि

मौन अवधिः नतिजा उलटपुलको खेल

बुधवार , फाल्गुण २०, २०८२

सिन्धुली,२० फागुन – प्रतितिधिसभा सदस्य निर्वाचन–२०८२ को निर्वाचन कार्यक्रम अनुसार बिहिबार हुने निर्वाचनका लागि सोमबार राति १२ बजेदेखी नै मौन अवधी चलिरहेको छ । निर्वाचन आचारसंहिता अनुसा यस अवधिमा उम्मेदवारहरुले प्रचारप्रसार लगायत निर्वाचन सम्बन्धी कुनै पनि गतिविधि गर्न पाउँदैनन् । तर यसै अवधिमा गुपचुप रुपमा मत आफ्नो पक्षमा पार्ने कसरत चुलिन्छ । यहि अवधिमा चुनावी आकलन उलटफेर हुने गरेको विगतको अनुभव छ । 

चुनाबमा मौन अबधिलाई दलहरुले नतिजा बदल्ने रातको रुपमा प्रयोग गर्ने गरेका अनुभवहरु रहेका छन । प्रतिसपर्धामा रहेका उम्मेदवारले तटस्थ मत र बिपन्न बस्तीका मतलाई खरिद गर्न मोलतोल यहि अबधिमा हुने गर्छ । अन्तिम अवस्थामा पनि नतिजा प्रभावित हुन सक्छ । यहि अवधिको कसरतले जित्ने पक्का भनिएका उम्मेदवारहरुलाई पछारेर अर्को उम्मेदवार अघि बढेका र प्रत्यासित परिणाम आएका उदाहरण थुप्रै छन । यो खेल मौन अवधिको रातबाट सुरु भई चुनाबको अघिल्लो रात सम्म चल्छ । आसन्न निर्वाचनमा उम्मेदवार बीच तिब्र प्रतिसपर्धा भएकाले मतदाता प्रभावित पार्ने खेल बढि हुन सक्ने जानकारहरु बताउछन । यस्तो अवस्थामा चुनावी अंकगणित मौन अबधिमै तय हुने गरेको जानकारले सुनाए । 

समुदायको अगुवाले आफ्नो पकड क्षेत्रको मत अहिले पनि आफुले चाहेको उम्मेदवारको पक्षमा खसालिदिन सक्छन । त्यस्ता मत हासिल गर्न उम्मेदवारले उनिहरुलाई निश्चित रकम दिन्छन । अगुवाले कति मत प्रभावित पार्न सक्छन, त्यसैका आधारमा मौन अवधिमा उसलाई एकमुष्ट रकम उपलब्ध गराउँछन् उम्मेदवारले । कतिपय अगुवाले पैसा लिएको उम्मेदवारको पक्षमा तोकेरै यति मत खसाल्न लगाउछु भनेर प्रतिबद्धता गरेका हुन्छन, एक राजनितिककर्मी भन्छन, रकम लिएपनि समझदारी अनुसार भोट नआउँदा झैझगडा समेत हुने गरेको बताइन्छ । 

सिन्धुली–२ लगायत प्रतिस्पर्धा कडा देखिएका क्षेत्रमा मौन मतदाता निर्णायक शक्ति बन्न सक्ने विश्लेषण भइरहेको छ । स्थानीय मुद्दा, उम्मेदवारको पहुँच, विगतको कार्यशैली र दलप्रतिको विश्वास–अविश्वासले अन्तिम क्षणमा मत परिवर्तन हुन सक्ने आकलन दलहरूकै छ । राजनीतिक विश्लेषकहरूका अनुसार मौन मतदाता प्रायः असन्तुष्ट, दुविधाग्रस्त वा रणनीतिक मत हाल्ने समूहमा पर्छन् । यिनले सार्वजनिक बहसमा भाग नलिए पनि चुनावी परिणाममा निर्णायक भूमिका खेल्ने गरेका छन् ।

आफुले नजित्ने देखेपछि प्रतिसपर्धामा रहेका अर्का उम्मेदवारलाई प्रचारप्रसार खर्चमा केहि रकम लिएर सघाउने चलन पनि छ । जिल्लाको चुनाबमा यसपटक झण्डै २० प्रतिशत मतदाता प्रस्ट खुल्न नसकेको अनुमान छ । “यो मत जता ढल्किन्छ, जित उसैको पक्षमा जान्छ । त्यसैले प्रत्यासी उम्मेदवारहरु मौन अवधिमा मौनमत हत्याउन उम्मेदवारहरु साम, दाम, दण्ड, भेद सबै दाउँ अपनाउछन् ।” एक राजनितिककर्मीले भने । समुदायका अगुवालाई प्रभावित पारेर, आफै मतदातालाई भेटेर वा प्रत्यक्ष रुपमा मत आकर्षित गर्ने सुत्र प्रयोग गरे चुनावी चलखेल भइरहेको ती नेता बताउँछन । मौन मतदाता आफ्नो लागी पार्टीभन्दा मान्छे महत्वपूर्ण ठान्छन् । त्यसैले मौन अबधिमा जुन उम्मेदवारले मतदााको मन जित्न सक्यो उसकै पक्षमा भोट खस्छ ।

त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन प्रमुख दिपेन्द्र पौडेलले जिल्लामा हाल सम्म मौन अवधिमा आचारसंहिता उल्लघनका उजुरी नआएको बताए । उनले निर्वाचनलाई स्वच्छ र निष्पक्ष र शान्तिपुर्ण बाताबरणमा सम्पन्न गर्न सहयोग पुर्याउन सबै पक्षलाई अनुरोध समेत गरे ।

प्रतिक्रिया