सिन्धुली, १८ फाल्गुण – निर्वाचनको समय नजिकिदै गर्दा सिन्धुली–२ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ जनमत र आत्मबलको हिसाबले कमजोर देखिदै गएका छन । उनी पार्टीको आन्तरिक बिद्रोहका साथै मतदाताको आक्रोशका कारण हारको मानसिकतामा देखिएका हुन । तर उनी सार्वजनिक अभिब्यक्तिमा भने आत्मविश्वासपूर्ण चित्र प्रस्तुत गर्न खोजिरहेका छन ।
दाहाल निकट श्रोतका अनुसार उनी आगामी चुनावी रणनीतिमा वैकल्पीक समर्थन विस्तार को सन्देश प्रवाह गरिरहेका छन । स्थानीय सत्ताको ब्यापक दुरुपयोग गर्दै झुटा आश्वासनहरु बाड्ने तथा मत खरिद बिक्री गर्ने कार्यमा लागेको बिरोधीहरुको आरोप छ । चुनावको अन्तिम अवस्था सम्म जितको खासै आधार नदेखिएपछि उनले सिन्धुली–१ को आफ्नो जनमतलाई देखाउँदै नेपाली काँग्रेस र नेकपा(एमाले)का नेताहरुसँग म्याचफिक्सीङको प्रयास समेत गरिरहेको बुझिएको छ ।
नेकपा अध्यक्ष प्रचण्डले चुनाबी सन्दर्भमा “सिंहदरबार जलाउने दलालहरुबाट देश बचाउन, संविधान, शान्तिप्रक्रिया बचाउन काँग्रेस र एमालेसँग पनि कुरा गर्नुपर्नेछ । यी त हाम्रा पुराना सहयात्री हुन । बैदेशिक दलालहरु बिरुद्ध जान पनि मिल्नुपर्नेछ ।” भन्ने अभिब्यक्ति दिईरहदा प्रचण्डका निकट मानिएका लेखनाथ दाहालले मरिण गाउँपालिकामा पुगेर आन्तरिक चुनावी बैठकमा आफुलाई चुनाब जिताउन कमलामाई नगरपालिकाबाट नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेल, सचिब इश्वर बस्नेत, प्रदेश सभापति बिजय कुँवर सुनकोशी गाउँपालिकाबाट उपाध्यक्ष कपिल कोइराला, चन्द्र श्रेष्ठ घ्याङलेक गाउँपालिकाबाट उत्तरकुमार वाईवा, जगत बहादुर भोलन, रामकाजी वाईवा मरिण गाउँपालिकाबाट सहदेव मैनाली, हरिहरपुरगढी गाउँपालिकाबाट उपाध्यक्ष चेख बहादुर थिङले आफुलाई सहयोग गर्ने बताउँदै विश्वस्त भएर चुनाबमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन गरेको गोप्य श्रोतले बताएको छ । तर आलोचकहरु यसलाई यथार्थभन्दा टाढा रहेको राजनीतिक कथा भन्दै टिप्पणी गर्छन । लोकतन्त्रको पहरेदारको रुपमा रहेको नेपाली काँग्रेस निर्वाचनमा हार र जित भन्दा पनि लोकतन्त्रको सुन्दरता जोगाउँन कसैसँगको म्याचफिक्सीङमा सहभागी नहुने नेपली काँग्रेस सिन्धुलीका जिल्ला सचिव इश्वर बस्नेतले बताए । उनी भन्छन, “कसैले के उदेश्यका लागी के कथा सुनाउछ त्यस्को पछि लाग्ने हामीलाई फुर्सद छैन, हामी सिन्धुलीका दुबै क्षेत्रमा निष्पक्ष निर्वाचन मार्फत बिजय प्राप्त गर्न चाहान्छौं ।” गठबन्ध गरेर चुनाब लड्दा आफ्नो चुनाब चिन्हमा भोट हाल्न नपाएर रिसाएका आफ्ना मतदाताहरु यसपटक उत्साहित देखिएको उनको दाबि छ । विशेषगरी पछिल्ला गठबन्धन फेरबदलले नेतृत्वको विश्वसनीयता माथि प्रश्न उठेको उनको तर्क छ ।
राजनीतिक विश्लेषकहरु भन्छन, जब संगठनात्मक पकड कमजोर हुन्छ तब नेतृत्वले मनोवैज्ञानिक प्रभाव पार्ने रणनीति अपनाउने गर्छ । दाहालको हालका गतिविधीले त्यहि रणनीति अख्तीयार गरेको प्रष्ट देखाएको छ । तर मतदाताको ब्यवाहार भाषण र दाविले मात्र प्रभावित हुँदैन । स्थानीय मुद्धा, उम्मेदवारको छवि र विश्वसनीयताले निर्णायक भुमीका खेल्छ ।
विशेष गरी नेपाली काँग्रेस सिन्धुली–२ को उम्मेदवारको बिषयमा आन्तरिक असन्तुष्टी र गुटगत खिचातानीलाई आधार बनाएर दाहाल पक्षले काँग्रेसको असन्तुष्ट मत आफुतर्फ मोडिने भन्दै आफ्ना कार्यकर्ताहरुमा उत्साह ल्याउने प्रयास गरिरहेको श्रोतको भनाई छ । तर काँग्रेस नेताहरु भने यस्तो प्रयासलाई मनोबैज्ञानिक दबाव सिर्जना गर्ने रणनीति भन्दै खारेज गर्छन ।
नेकपाले काँग्रेसको आधारभुत मत बिभाजन हुने र त्यसको लाभ आफुलाई पुग्ने सन्देश दाहाल निकट समुहले फैलाईरहेको स्थानीय नेताहरु बताउछन । तर स्थानीय राजनैतिक विश्लेषकहरुका अनुसार मत स्थानान्तरण त्यति सहज बिषय होइन । संगठन, उम्मेदवारको छवि र स्थानीय मुद्धाले निर्णायक भुमीका खेल्ने भएकाले केवल प्रचारले मात्र परिणाम बदल्न कठिन हुन्छ ।