शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मोटरसाइकल दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु

सोमवार , फाल्गुण १८, २०८२


सिन्धुली,१८ फागुन — मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मदन भण्डारी राजमार्गको झनझने प्रहरी चौकी क्षेत्रभित्र पर्ने सडकखण्डमा वा ४४ प ९८१७ नम्बरको मोटरसाइकल आइतवार राती ९ः३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–९ चितलाङ निवासी रामशरण चित्रकारका ३१ वर्षीय छोरा सुशान्त चित्रकार गम्भीर घाइते भएका थिए । 

प्रारम्भिक उपचार स्थानिय स्वास्थ्य चौकीमा गरी थप उपचारका लागि हेटौँडातर्फ पठाइएकोमा चित्रकारलाई राति करिब ११ः३० बजे उपचारका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल, मकवानपुर लगिएको थियो । अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेका आइतवार बेला राति १ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

हाल मृतक चित्रकारको शव सोही अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । मदन भण्डारी राजमार्गमा पछिल्लो समय सवारी दुर्घटनाका घटना बढ्दै गएको भन्दै स्थानीयले सडक सुरक्षामा ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया