शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेशनल भोलिन्टियर फोर्सको सिन्धुली जिल्ला कमान्ड घोषणा

आइतवार , फाल्गुण १७, २०८२

सिन्धुली,१७ फागुन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट भातृ संगठन नेशनल भोलिन्टियर फोर्स को सिन्धुली जिल्ला युवा भेला तथा कमान्ड घोषणा कार्यक्रम सम्पन्न भएको छ । आइतवार भएको कार्यक्रममा युवाहरूको सक्रिय सहभागिताबीच संगठनलाई जिल्लास्तरमा सुदृढ बनाउने उद्देश्यले नयाँ कमान्ड गठन गरिएको आयोजकले जनाएको छ ।

भेलाले दीपेन्द्र फुयाल लाई जिल्ला कमान्डर तथा प्रकाश रायमाझी लाई सह–कमान्डर घोषणा गरेको छ । सोही अवसरमा जिल्लामा संगठन विस्तार र युवाहरूलाई संगठित बनाउने लक्ष्यसहित ३७ सदस्यीय कमान्ड टोली समेत घोषणा गरिएको बताइएको छ । नवघोषित कमान्ड टोलीले संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउँदै सामाजिक तथा राजनीतिक गतिविधिमा युवाहरूको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घोषित सदस्यहरूमा  सौरभ सिं लामा,विश्व राई, विनोद दियाली, रन्जित दियाली, विनोद साहा शंकर, जोसन श्रेष्ठ,  निर्मल थापा, रोशन थापा, टेक बहादुर भुजेल, गगन थापा, सन्तोष लुंगेली, हरिराम बराल, कर्म पहाडी, चित्र पुलामी मगर, दिपक काफ्ले, भिम ब. हायु, अम्बर कार्की, दिपक खत्री, विवश गौतम, हिरा लाल मगर, अस्मिनी शर्मा तिमल्सिना, रोजन चौधरी, सुरज अधिकारी, धन ब. तामाङ, सिम धामी, कल्पना खड्का, रामु रावत, भोज ब. श्रेष्ठ, सन्त मोक्तान, असोक वल, धन ब. तामाङ, निरज तामाङ, रेसम लामा, सोम बहादुर बम्जन लगायत रहेका छन् ।

जिल्ला युवा भेलामा विभिन्न पालिका तथा वडाबाट सहभागी युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । भेलामा केन्द्रय कमाण्डर पुष्पराज श्रेष्ठले युवाहरूलाई संगठनात्मक रूपमा सक्रिय भई पार्टीका नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पु¥याउन आग्रह गरे। उनले युवाशक्तिलाई संगठित गर्दै सामाजिक रूपान्तरण, राष्ट्र निर्माण र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संगठनका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । वक्ताहरूले युवाहरूको सक्रिय सहभागिताले संगठनलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा विभिन्न सामाजिक, जनचेतनामूलक तथा राजनीतिक कार्यक्रममार्फत युवाहरूलाई अझ सक्रिय बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया