सिन्धुली,०८ फागुन – नेकपा(एमाले)को लाल किल्लाको रुपमा रहेको सिन्धुली निर्वाचन क्षेत्र नं.१ मा २०७९ को गठबन्धनका कारण गुमेको बिरासत बाहेक २५ बर्ष लगातार सफलता हाल पार्दै आएको थियो । सिन्धुली–.१ मा २०४८ पछिलो निर्वाचनमा २ पटक मात्र एमालेले हारेको छ । २०५१ को मध्यावधी निर्वाचन र २०७९ को निर्वाचन , २०५१ मा काग्रेसका विपिन कोइराला र २०७९ मा माओवादी काग्रेस गठबन्धनका कारण नेपाली काग्रेसकै श्याम कुमार घिमिरेले जित हासील गरेका थिए । २०५१ मा एमालेका शान्तिमान कार्की र २०७९ मा प्रदिप कुमार कट्वाल पराजित बनेका थिए ।
माओवादीले देशभर दबदवा बनाएको बखत समेत २०६४ को संविधानसभा निर्वाचनमा सिन्धुली–१ मा नेकपा(एमाले)का विषमलाल अधिकारीले जितेका थिए । सिन्धुली–१ मा २०४८ को निर्वाचनमा एमालेका मदन ढुंगेल, २०५६ मा गंगाप्रसाद नेपाल, २०६४मा विषमलाल अधिकारी, २०७० मा गणेशकुमार पहाडी र निर्वाचन क्षेत्र पुनंसरचना पछि २०७४ मा एमाले माओवादी गठबन्धनबाट पुन पहाडीले नै चुनाब जितेका थिए ।
२०७४ मा गठबन्धनबाट जितेको र २०७९ मा गठबन्धनकै कारण हारेको बाहेक एकल प्रतिस्प्रर्धामा लगातार जितेको एमाले आगामी निर्वाचनमा सो क्षेत्रबाट पुन जित्ने प्रयत्नका साथ चुनाबी मैदानमा छ । आउँदो निर्वाचनमा नेकपा(एमाले)ले २०७९ को निर्वाचनमा पराजय भोगेका प्रदिप कुमार कट्वाललाई नै उम्मेदवार बनाएको छ ।
२०७९ को निर्वाचनमा नेपाली काग्रेस र माओबादी गठबन्धनका कारण गुमेको बिरासत जोगाउनुपर्ने दबावमा एमालेका उम्मेदवार प्रदिप कुमार कट्वाल छन । निर्वाचनमा बिजय प्राप्त गरि पुरानो विरासतलाई निरन्तरता दिने दावि गर्दै कटुवाल चुनाबी अभियानमा सक्रिय रहेका छन । जनताका माझमा रहेर उनीहरुको समस्या समाधानमा लागिरहेकाले पनि आगामी निर्वाचनमा आफुले जित्ने निश्चित रहेको उनी बताउँछन ।
कटुवाल सिन्धुलीको समग्र स्वास्थ्य, शिक्षा, सडक र अन्य भौतिक पुर्वाधारका क्षेत्रमा एमाले सरकारका रहदा थुप्रै काम गरेको र त्यसमा आफ्नो पनि योगदान रहेकाले जनताले मन पराएर मत दिने विश्वास ब्यक्त गर्छन । यद्यपी उनका लागी एकल प्रतिस्प्रर्धा सहज भएपनि नेकपा(एमाले) विभाजनको असर सिन्धुली–१ मा रहेकाले चुनौती पनि छ । नेपाली कम्युनिष्ट पार्टीबाट पुर्व एमालेकै डेकेन्द्र प्रसाद सुवेदी चुनावी मैदानमा छन भने पुर्व सांसद गंगाप्रसाद नेपाल सहितका नेता सुवेदीको पक्षमा छन ।
लालकिल्ला भत्काउने रणनीतिमा काँग्रेस
निर्वाचन क्षेत्र निर्धारण आयोग मार्फत निर्वाचन क्षेत्र पुनंसरचना पछि सिन्धुली–१ मा काँग्रेस, एमाले र माओवादी बीच एकल प्रतिसप्रर्धा भएको छैन । आउँदो निर्वाचन नै पहिलो एकल प्रतिसस््रर्धा हो । २०७४ को निवाृचनमा एमाले माओवादी गठबन्धन, २०७९ को निर्वाचनमा काग्रेस र माओवादी गठबन्धन भएको थियो । यसपटक एकल प्रतिसप्रर्धा हुँदैछ । २०७४मा बामगठबन्धका कारण पराजय ब्यहोरेको काग्रेस २०७९ मा बामलोकतान्त्रिक गठबन्धनका कारण २०५१ पछि पहिलो पटक सिन्धुली–१ मा बिजयी बनेको थियो । २०७४ मा बाम गठबन्धनसँग चुनाबी प्रतिसप्रर्धामा उत्रिएका नेपाली काँग्रेसका प्रेमचन्द दाहालले २२ हजार ३ सय ८९ मत प्राप्त गरेका थिए भने २०७९ मा समानुपातिक तर्फ नेपाली काँग्रेसको मत १८ हजार २ सय ४२ प्राप्त गरेको थियो यो मतको आधारलाई हेर्दा सिन्धुली–१ मा काँग्रेसको उपस्थिती मजबुद्ध नै देखिन्छ ।
यसपटकको २०६४ को संविधानसभा निर्वाचनमा सिन्धुली–२मा सिपी गजुरेलसँग पराजय भोगेका सिन्धुलीका निष्ठावान नेता केन्द्रीय सदस्य उज्जवल प्रसाद बराल चुनाबी मैदानमा छन । नेपाली काँग्रेस गंगन थापाको नेतृत्वमा पुरै रुपान्तरण र एकजुट बनेर चुनावी मैदानमा आएको र आफु सिन्धुलीका जनताको समस्या र सपनामा सधै जोडिएकाले जनताले विश्वासका साथ मत दिनेमा ढुक्क रहेको बताउछन उम्मेदवार बराल ।
दुई कम्युनिष्ट पार्टी एमाले र नेकपाका उम्मेदवारहरु चुनाबी मैदानमा भएकाले कम्युनिष्ट मत विभाजित हुने र नयाँ उदाएका दलहरुले कम्युनिष्टहरुकै मत काट्ने हुँदा आफ्नो जित सहज बन्दै गएको बरालको दाबि छ । उनी यसपटक लालकिल्ला भत्काउदै बिजय हासील गर्ने रणनीतिका साथ युद्धस्तरमा चुनाबि गतिविधि सञ्चालन गरिरहेका छन ।
यस्तो छ प्रतिनिधीसभा र स्थानीय तह २०७९ को अंकगणित
२०७९ को प्रतिनिधीसभा निर्वाचनमा काग्रेस माओवादी गठबन्धनका साझा उम्मेदवार श्यामकुमार घिमिरेले ३० हजार ३ सय ९१ मत प्राप्त गरेर बिजयी भएका थिए भने नेकपा(एमाले)का उम्मेदवार प्रदिप कुटुवालले २५ हजार ५ सय ४६ मत प्राप्त गरेका थिए । समानुपातिक तर्फ नेकपा(एमाले) २२ हजार ३ सय ४९, नेपाली काँग्रेस १८ हजार २ सय ४२ नेकपा(माओवादी केन्द्र) १२ हजार ३ सय ८१ मत प्राप्त गरेका थिए ।
सिन्धुली १ अन्र्तगत एक नगरपालिका तथा ३ वटा गाउँपालिकाको पूर्ण भुभाग र कमलामाई नगरपालिकाको ३ वटा वडा पर्दछ । यस क्षेत्रमा रहेका ४ वटा स्थानीय तह मध्ये २ वटामा एमालेले नेतृत्व लिएको छ भने १ वटा काग्रेस र १ वटा नेकपाले नेतृत्व लिएको छ । सिन्धुलीको दुधौली नगरपालिकाको नेतृत्वमा नेकपा छ भने उपप्रमुख काग्रेसले जितेको छ । यस्तै तिनपाटन गाउँपालिकाको नेतृत्वमा काग्रेस छ भने उपाध्यक्षमा नेकपाले जितेको छ । फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित गोलन्जोर गाउँपालिकाको अध्यक्षमा एमालेले जितेको छ । गोलन्जोर गाउँपालिका उपाध्यक्ष भने नेकपाको पोल्टामा छ ।
स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मत हेर्ने हो भने काँग्रेस र एमाले बीच खासै अन्तर छैन । एमालेले २८ हजार ६ सय २० मत प्राप्त गरेको छ भने काँग्रेसले २८ हजार १७ मत प्राप्त गरेको छ । त्यस्तै हालको नेकपाले १३ हजार ३ सय ६९ मत प्राप्त गरेको छ । यसपटक सिन्धुली १ मा १ ला १० हजार ३९१ मतदाता रहेका छन भने ७७ मतदान स्थल र १३८ मतदान केन्द्र रहेको छ ।
सिन्धुली–१ मा मुख्य प्रतिसप्रर्धीको रुपमा नेकपा(एमाले) का प्रदिप कुमार कटुवाल र नेपाली काग्रेसका उज्जवल प्रसाद बराल रहेको र उनीहरुका अगाडि नयाँ उदायको दल राष्टिय स्वतन्त्र पार्टी सहित अन्य साना दलहरुको उपस्थिती चुनौती रहेको विश्लेषकहरु बताउछन । सिन्धुली १ मा नेकपाबाट डेकेन्द्र प्रसाद सुवेदी, रास्वपाबाट धनेन्द्र कार्की, राप्रपाबाट रामनारायण अधिकारी, श्रम सस्कृतिबाट निम बहादुर मोक्तान, उज्यालो नेपालबाट मोतिलाल तामागं लगायत स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन ।