शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेकपा सिन्धुलीमा निष्कासनको झट्का : राजन दाहाल खुम्चिए, महेश्वर दाहाल बलियो

बिहिवार , फाल्गुण ७, २०८२

सिन्धुली,०७ फागुन – निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुली भित्र असन्तोष, बिद्रोह र पार्टी परित्यागका घटना बढ्दै गएका छन । टिकट बितरण प्रक्रिया सँगै सुरु भएको बिद्रोह र पार्टी परित्यागको क्रम तिब्र बनेको हो । नेकपा सिन्धुली भित्र पुर्व मन्त्री तथा पार्टीका पदाधिकारी हरिबोल गजुरेलबाट सुरु भएको बिद्रोह वडा र गाउँ तहका कमिटीहरु सम्म पुगेको छ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड)लाई नै चुनौती दिदै सुरु भएको बिद्रोह पश्चात पहिलो चरणमा केन्द्रीय नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टी निस्काशनमा परेका थिए भने मलबार ंजिल्ला इन्चार्ज बुद्धिमान माझी‘बशन्च’ र जिल्ला संयोजक पानीराज बम्जनलाई जिम्मेवारीबाट निष्कासन गरिएको छ । जिल्लामा अन्य दलहरुले पार्टी प्रवेशको लहर चलाईरहदा नेकपा भने धमाधम कार्वाही र निष्कासनका विज्ञप्ती निकाल्न ब्यस्त देखिएको छ ।

पार्टीभित्रका इमान्दार नेतृत्व प्रतिको कार्वाहीले तल्लो तहका नेता कार्यकर्ताहरु आक्रोशित बनेका छन । उनीहरुले नेकपा र नेकपाको नेतृत्वले पतनको बाटो रोजेको उल्लेख गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा जनयुद्धकालिन नेतृ राधा कुमारी तिमल्सीना लेख्छीन, “कमरेड बसन्त माझी जति निष्ठावान अहिले जिल्लामा कोहि थिएन, छैन र हुँदैन पनि लडाईको समयमा बसन्त कमरेडको २ सय मुरी धानले एउँटा ब्याटललाई पुग्थ्यो, घरका सवै पूर्णकालिन, दुईजना शहीद अहिले सम्म इमान्दारीपुर्वक पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने मान्छे पार्टीलाई धेरै भएछ । यस्को रिजल्ट चाडै आउँछ ।” तिमल्सीनाको यो अभिब्यक्ति जस्तै दर्जनौं नेता कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत कार्वाही र निस्काशनको विषयलाई लिएर आफ्ना आक्रोश ब्यक्त गरिरहेका छन ।

जिल्ला तहका नेता कार्यकर्ताहरुले मात्र नभएर हरिबोल गजुरेल र महेश्वर दाहालको कार्वाहीलाई लिएर नेकपाकै नेता झलनाथ खनालले समेत असन्तुष्टी ब्यक्त गरिसकेका छन भने घनश्याम भुषाल, खगेन्द्र संग्रौला, शिक्षाविद विद्यानाथ कोइराला लगायतका राष्ट्रिय ब्यक्तित्वले समेत कार्वाही र निश्कासन गतल भएको टिप्पणी गरेका छन ।

सिन्धुलीका माओवादी आन्दोलनका निष्ठावान नेताहरु माथिको कार्वाहीको बिषयले केन्द्र देखी जिल्ला तहसम्म ब्यापक असन्तोष र बहसको सिर्जना गरेको छ ।

कार्वाही र निष्कासनले कार्वाहीमा पर्ने पक्ष कमजोर देखिएको छैन । झन झन बलियो बन्दै गएको छ । पार्टी नेतृत्वले स्वचेछारी ढंगले गरेको कार्वाहीले मैदानमा झन आफ्नो माहोल बन्दै गईरहेको र जनसमुदायले आफुलाई बिजयी गराएरै छाड्नेमा विश्वस्त रहेको स्वतन्त्र(वागी) उम्मेदवार महेश्वर दाहालको दाबी छ ।

उता पार्टी भित्र बिद्रोह गरेका नेताहरुलाई आन्तरिक कार्वाही प्रक्रिया जारी रहदा विभिन्न् भातृ संस्थाका नेताहरुले संगठनको जिम्मेवारीबाट राजिनामा दिने क्रम पनि चलिरहेको छ । निर्वाचनकै मुखमा प्रचार सम्बद्ध प्रेस सेन्टर नेपाल जिल्ला शाखाका अध्यक्ष बुद्धलाल नेपाली र सचिब मनोज दाहालले पनि संगठनको जिम्मेवारीबाट राजिनामा दिएका छन ।

नेकपा भित्रका पुराना र प्रभावशाली नेताहरुलाई पार्टीका माथिल्लो कमिटीबाट गरिएको कार्वाही र जिल्ला तहका नेताहरुको निरन्तर बिद्रोहका कारण नेकपाका तल्लो तहका कार्यकर्ताहरु पनि आफ्नो पार्टी परित्याग गरेर अन्य पार्टीमा प्रवेश गर्ने तथा स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेर लाग्न थालेका छन । नेकपाका जिल्ला तहका तथा गाउँपालिका नगरपालिका तहका अध्यक्ष तथा इन्चार्जहरु समेत स्वतन्त्र उम्मेदवारकै पक्षमा खुलेर लागीरहेका छन ।

बिगतको चुनाबी अंकगणित अनुसार सिन्धुली निर्वाचन क्षेत्र न.२ मा दोश्रो स्थानमा रहेको नेकपा आन्तरिक अन्तरद्धन्द्धका कारण कमजोर बनेको छ । २०७९ को निर्वाचनमा काँग्रेस माओवादी गठबन्धनका कारण चुनाब जितेका नेकपाका लेखनाथ दाहाल(राजन) यसपटक आन्तरिक बिद्रोहका कारण उनको जनमत खुम्चिँरहेको छ ।

यद्यपी नेकपा सम्बद्ध नेताहरुले भने जनमत खुम्चिएको दाबि अस्वीकार गरेका छन । उनीहरु पुराना नेताहरुको बिद्रोहले खासै कार्यकर्तामा प्रभाव नपारेको दावि गर्छन । निर्वाचनको अन्तिम परिणाम भने मतपेटीकाले नै तय गर्नेछ तर अहिलेको संकेतले नेकपाका उम्मेदवार राजन दाहालका लागी चुनौतीपूर्ण प्रतिसप्रर्धा तय भईसकेको देखिन्छ ।

प्रतिक्रिया