शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर

शुक्रवार , फाल्गुण १, २०८२

सिन्धुली,०१ फागुन – कमलामाई नगरपालिकाको समन्वय, सिन्धुली अस्पतालको प्राविधिक सहयोग तथा जनस्वास्थ्य कार्यालय, सिन्धुलीको आयोजनामा कमलामाई–६ स्थित श्री नवज्योति बहिरा आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

विद्यालयस्तरमा बालबालिकाको श्रवण, दृष्टि (चस्मा समेत), दन्त परीक्षण तथा रक्त समूह पहिचानसँगै बाथरोग÷मुटुरोग स्क्रिनिङ गरिएको शिविरमा जम्मा १ सय ४९ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ।

शिविरमा १ सय ४९ जनाको आँखा परीक्षण, १ सय ४९ जनाको दन्त परीक्षण, ४ जनालाई चस्मा वितरण,६ जनामा मुटु सम्बन्धी समस्या पहिचान,३ जनामा आँखा सम्बन्धी समस्या देखिएको जानकारी दिइएको छ ।

शिबिरमा बाल विशेषज्ञ डा.शैलेश श्रेष्ठ सहित, सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीहरूको टिमले आवश्यक परामर्श, औषधी वितरण तथा जटिल समस्या देखिएका बालबालिकालाई थप उपचारका लागि सिफारिससमेत गरेको आयोजक जन स्वास्थ्य सिन्धुलीका पुस्प राज पन्तले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीहरूको टोलीले विद्यालयमै पुगेर गरिएको परीक्षणले विद्यार्थी र अभिभावकलाई सहज भएको विद्यालय प्रशासनले बताएको छ । विद्यालयमा सञ्चालन गरिने यस्ता शिविरले प्रारम्भिक चरणमै रोग पहिचान गर्न मद्दत पुग्ने भन्दै सरोकारवालाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया