शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

भीमान युवा क्लबद्वारा ‘भीमान सुपर सिक्सर्स क्रिकेट प्रतियोगिता–२०८२’ आयोजना

बिहिवार , पौष १०, २०८२

सिन्धुली,१० अशमेज – भीमान युवा क्लब, सिन्धुलीको आयोजनामा ‘भीमान सुपर सिक्सर्स क्रिकेट प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ । प्रतियोगिता यही  पुस ११ गते शुक्रवारदेखि १३ गतेसम्म भीमानस्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको मुख्य आयोजक भीमान युवा क्लब रहेको छ भने कमलामाई नगरपालिका वडा नं. ९ कार्यालय, प्रमुख प्रायोजक रहेको आयोजकले जनाएको छ । यस्तै, मेघा फुड प्रोडक्सन प्रा.लि. सह–प्रायोजकका रूपमा रहेको छ ।

प्रतियोगिता सफल बनाउन विभिन्न संघ–संस्थाहरूले सहकार्य गरेका छन ्। एनआइएमबि बैंक, भीमान शाखा बैंकिङ पार्टनर, वल्र्ड लिंक कम्युनिकेशन इन्टरनेट पार्टनर,भिमान पोलिक्लिनिक मेडिकल सपोर्ट र चन्द्रकला प्रिन्टिङ पार्टनर तथा स्थानीय विद्यालयहरू एजुकेसन पार्टनरका रूपमा जोडिएका छन् ।

यस प्रतियोगितामा सिन्धुली, उदयपुर, महोत्तरी, धनुषा र आसपासका जिल्लाका गरी १२ वटा टिम सहभागी हुने आयोजकले जानकारी दिएको छ । सहभागी टिमहरूमा कटारी क्रिकेट क्लब (उदयपुर), दूधौली क्रिकेट क्लब, कमलाखोज वारियर्स, रक्तमाला स्पोट्र्स क्रिकेट टिम, एसआर क्रिकेट क्लब, क्रिकेट एसोसिएसन अफ ग्वालटार, उज्यालो युवा समाज वोटेशवर, नारायण मावि टिम लगायतका टिमहरू रहेका छन ्। साथै आयोजक ‘ब्’ र आयोजक ‘द्य’ टिम पनि प्रतियोगितामा सहभागी रहनेछन्।

आयोजक भीमान युवा क्लबका अनुसार प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान, युवाहरूलाई खेलतर्फ आकर्षण, तथा स्वस्थ मनोरञ्जन र सामाजिक एकता प्रवद्र्धन गर्ने विश्वास लिइएको छ। क्लबले प्रतियोगितालाई सभ्य, सुरक्षित र उत्साहपूर्ण बनाउन सबै तयारी पूरा गरिएको जनाएको छ।

प्रतियोगिता अवलोकन तथा सफल बनाउन आयोजकले स्थानीयबासी, खेलप्रेमी तथा सरोकारवाला सबैलाई उपस्थितिका लागि आग्रहसमेत गरेको छ।

प्रतिक्रिया