शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

विपिन जोशीको शव आजै इजरेललाई बुझाउने हमासको भनाइ

सोमवार , आश्विन २७, २०८२

काठमाडौँ,२७ असोज –हमासले विगत ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई बुझाउने बताएको छ ।

यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो । इजरायलसँग युद्व विराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमवार मुक्त गरिसकेको छ ।

सोमवार अबेर जोशी सहित चार जना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको बीबीसी न्यूज नेपाली सेवाले जनाएको छ ।

दुई वर्षअघि हमासले इजरायलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी “जीवित रहेको प्रमाण फेला नपरेको“ औपचारिक जानकारी यसअघि इजरायली सेनाले परिवार र इजरायलस्थित नेपाली दूतावासलाई गराएको राजदूत धनप्रसाद पण्डितले बताएका थिए ।

हमासको नियन्त्रणमा बाँकी रहेका ४८ जनामध्ये २० जीवित र २६ मृत बन्धकको नाम हमासले इजरायली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशीको नाम जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा थिएन ।

“केही थप आयो र चामत्कारिक रूपमा केही भयो भने मात्रै अन्य कुरा । नभए विपिन जीवित नभएको आधिकारिक जानकारी उनीहरूले आज ृबिहानै दिएका हुन्,“ राजदूत पण्डितले भनेका थिए ।

प्रतिक्रिया