शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

हिरासतबिहीन प्रहरी वृत्त : अपराधी राख्ने ठाउँ छैन

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं, ३ असोज – उपत्यकाका प्रहरी वृत्तहरू अहिले अकल्पनीय संकटमा फसेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीका कारण अधिकांश प्रहरी वृत्तहरू हिरासतविहीन बनेपछि पक्राउ परेका अपराध आरोपितलाई राख्ने ठाउँसमेत नभएको अवस्था देखिएको छ । यसले अपराध नियन्त्रण मात्र होइन, अनुसन्धान प्रक्रियासमेत ठप्प हुने स्थिति सिर्जना गरेको प्रहरी स्रोतले जनाएको छ ।

बिहीबार मात्र बौद्धमा खुकुरी प्रहार गरी महिलामाथि आक्रमण गरेको अभियोगमा सिन्धुपाल्चोकका कर्णबहादुर तामाङ पक्राउ परे । तर, बौद्ध प्रहरी वृत्त पूरै जलेर प्रयोगअयोग्य भएकाले उनलाई सोही वृत्तमा राख्न सकिएन । बाध्यतावश उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली पु¥याइएको छ । यो केवल बौद्ध वृत्तको अवस्था होइन, उपत्यकाका १८ वटा वृत्तमध्ये मालिगाउँ बाहेक सबै वृत्तमा समान समस्या देखिएको छ ।

वृत्तहरू ध्वस्त भएकाले प्रहरीले पक्राउ गरेका अभियुक्तलाई अस्थायी रूपमा भद्रकाली परिसरमा ल्याएर राख्ने गरेको छ । तर, एकैपटक थुप्रै व्यक्तिलाई समात्दा यहाँ पनि भीडभाड बढ्ने र सुरक्षा जोखिम बढ्ने चिन्ता बढेको छ । प्रहरी अधिकारीहरू भन्छन्, “हामीसँग अपराधी नियन्त्रण गर्ने कानूनी जिम्मेवारी छ, तर राख्ने ठाउँै नहुँदा राज्यको सुरक्षाकर्मी अप्ठ्यारोमा परेका छन् ।”

यसबीच, अपराध नियन्त्रणभन्दा बढी प्रहरीको ध्यान अहिले व्यवस्थापनतर्फ मोडिएको छ । जलेर नष्ट भएका वृत्तहरूलाई अस्थायी संरचना बनाएर सञ्चालन गर्ने वा वैकल्पिक स्थान खोज्ने विषयमा छलफल भइरहेको छ । तर तत्कालीन व्यवस्था नहुँदा पक्राउ परेकै अभियुक्तलाई सुरक्षित राख्न समस्या दिनदिनै बढ्दो छ ।

प्रतिक्रिया