शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ओली ब्यारेकबाट फर्किए, गुण्डु सरे

बिहिवार , आश्विन २, २०८२

काठमाडौं, ०२ असोज – नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः सैनिक ब्यारेकको बसाइ सकेर बाहिरिनुभएको छ । जेनजी आन्दोलनले देशभर तातिएको बेलामा उहाँलाई सुरक्षा कारण सेनाको सुरक्षामा राखिएको थियो । प्रधानमन्त्री पद छोडेपछि निरन्तर सैनिक सुरक्षामा २४ भदौदेखि ब्यारेकमा बस्दै आउनुभएका ओली बिहीबार साँझ ब्यारेकबाट बाहिरिनुभएको हो ।

सुरक्षा निकायका अनुसार ओली हाल भक्तपुरको गुण्डुमा भाडाको घरमा सर्नुभएको छ । बालकोटस्थित उहाँको निजी निवास प्रदर्शनकारीले आगो लगाएर जलाएपछि वैकल्पिक बासस्थान खोजिएको र गुण्डुमा अस्थायी घर भाडामा लिइएको हो । उहाँ त्यहाँ बस्न थालेसँगै एमालेका कार्यकर्ताले स्वागत गर्ने तयारी गरेको जनाइएको छ ।

ओलीलाई ब्यारेकबाट निस्केर गुण्डुमा ल्याउने पहल पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतले गर्नुभएको हो । बस्नेतले ओलीलाई भव्य कार्यक्रममार्फत् सार्वजनिक गर्ने योजनाबारे पनि वक्तव्य दिइसक्नुभएको छ । यसले एमालेभित्र ओलीको पुनः सक्रिय भूमिकाको संकेत गरेको देखिन्छ । प्रदर्शनबीच सेना सुरक्षा घेरÞाभित्र बस्न बाध्य हुनुभएका ओली अब फेरि जनतामाझ आउन लाग्नुभएको छ भन्ने सन्देश एमालेले दिन खोजेको देखिन्छ ।

प्रतिक्रिया