मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

आज सुनको मूल्य हालसम्मकै उच्च

बुधवार , भाद्र ११, २०८२

काठमाडौं, ११ भदौ- नेपाली बजारमा आज बुधबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो।

मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। मंगलबार २३ सय ६० रुपैयाँमा कारोवार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर २३ सय ४५ रुपैयाँमा कारोबार भैइरहेको छ।

प्रतिक्रिया