शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

लिपुलेक मात्र होइन, ७२ ठाउँमा छ नेपाल–भारत सीमा विवाद

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं,५ भदौ – नेपाल–भारतबीच सीमा विवाद केवल लिपुलेकमा मात्र सीमित छैन, देशभरका ७२ स्थानमा यस्ता विवाद र अतिक्रमण देखिएका छन् ।

सन् १८१६ को सुगौली सन्धिदेखि नेपाल–भारत सीमाको औपचारिक निर्धारण भए पनि नदीको धार परिवर्तन, नक्सामा गरिएको हस्तक्षेप र विभिन्न बाँध–तटबन्ध निर्माणका कारण समय–समयमा विवाद बढ्दै गएको छ ।

मुख्य विवादित क्षेत्रहरूमा लिम्पियाधुरा–कालापानी (करिब ४०० वर्ग किमि) र नवलपरासीको सुस्ता (करिब ४० वर्ग किमि) पर्छन्। त्यस्तै इलाम, ठोरी, कपिलवस्तु, दानव–घांगी नदी आसपासका क्षेत्रमा समेत भारतीय पक्षको अतिक्रमण भएको तथ्यांक छ ।

भारतले बनाएका बाँध र तटबन्धले वर्षेनी डुबान र क्षति पु¥याउँदै आएको स्थानीयको गुनासो छ। नेपाल–भारत संयुक्त सीमा समितिबाट ९७ प्रतिशत सीमांकन सकिएको भए पनि संवेदनशील क्षेत्र अझै टुंगो लाग्न सकेको छैन ।

विष्लेशकहरूका अनुसार सीमा विवाद समाधानका लागि द्विपक्षीय उच्चस्तरीय राजनीतिक संवाद, कूटनीतिक पहल र आवश्यकता परे अन्तर्राष्ट्रिय न्यायालय (क्ष्ऋव्) जस्ता संयन्त्रमा जाने तयारी गर्नुपर्ने आवश्यकता देखिएको छ ।

विश्लेषकहरूको भनाइमा, “सीमा विवाद समाधान दुवै देशको हितमा हुने भएकाले “छिमेक पहिलो नीति” अवलम्बन गर्दै विश्वासको वातावरण सिर्जना गर्नु नै दीर्घकालीन समाधान हो ।”

प्रतिक्रिया