काठमाडौँ,२९ साउन – नेपाली बजारमा आज बिहीबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको हो । बुधबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको हो ।