शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मुल्य घट्यो, चाँदीको मुल्य बढ्यो

बुधवार , श्रावण २८, २०८२

काठमाडौं,२८ साउन – नेपाली बजारमा आज बुधवार सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको एक सयले घटेर तोलाको एक लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य बहने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २३२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३०५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया