शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सोमवार , श्रावण २६, २०८२

काठमाडौँ २६ साउन – आज सोमबार नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावाल सुन तोलाको ११ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको हो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको हो।

प्रतिक्रिया