शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई अमेरिकाले ५ करोड दिने

शुक्रवार , श्रावण २३, २०८२

वाशिङटन डीसी,२३ साउन – संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ गर्नेलाई ५ करोड डलर दिने भएको छ । अमेरिकाले मादुरोलाई पक्राउ गर्नका लागि जानकारी दिनेलाई दिइने पुरस्कार रकम दोब्बर गरी ५ करोड डलर पु¥याएको हो ।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले पहिले घोषणा गरिएको २ करोड ५० लाख डलरको पुरस्कार दोब्बर गरिएको बताउनुभयो ।

अमेरिकी प्रशासनले मादुरोलाई विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करमध्ये एक भएको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आउनुभएको छ ।

जनवरीमा भएको विवादास्पद चुनावपछि मादुरो सत्तामा फर्किनुभएको थियो । यसको अन्तर्राष्ट्रिय समुदायले व्यापक विरोध जनाएको थिए ।

भेनेजुएलाका विदेशमन्त्री इभान गिलले नयाँ पुरस्कारलाई अर्थहीन भन्नुभएको छ । उहाँले यसलाई राजनीतिक प्रचार भन्नभएको छ ।

प्रतिक्रिया