शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नजिक

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौँ,२३ साउन – नेपाली बजारमा आज शुक्रवार सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको एक हजारले बढेर तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुनको मुल्य तोलाको एक लाख ९८ हजार ४ सयमा कारोबार भएको थियो ।

सुनको मुल्य यस अघि साउन २० गते तोलामा एक लाख ९८ हजार ५ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मुल्य कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।

 

प्रतिक्रिया