शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मुल्य घट्यो, कति पुग्यो ?

बुधवार , श्रावण २१, २०८२

काठमाडौं,२१ साउन – नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको एक सयले घटेर तोलाको एक लाख ९८ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुनको मुल्य अहिलेसम्मकै सबै भन्दा बढी तोलाको एक लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर २३०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २२८० मा कारोबार भएको थियो ।

प्रतिक्रिया