शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मुल्य अहिलेसम्मकै उच्च

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं,२० साउन – नेपाली बजारमा आज मंगलवार सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको एक लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि गत बैशाख ९ गते सुन तोलाको एक लाख ९७ हजार ९ सय रुपैयामा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर २२८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २२५५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया