काठमाडौँ,१९ साउन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा रास्वपाको सांसद आसिफ शाह र र राप्रपाका सांसद ध्रुबबहादुर प्रधानले आफ्नो धारणा राख्नुभएपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
रास्वपाका सांसद शाहले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताउनुभएको थियो । त्यस्तै राप्रपा सांसद प्रधानले आफुहरु सहयोग गर्न तयार रहेको बताउदै प्रधानमन्त्रीले राप्रपा र रास्वपा बारे गरेको टिप्पणी आपत्तिजनक भएको बताउनुभएको थियो ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।