शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौँ,१६ साउन – शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज शुक्रवार सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन एक लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ५५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय १६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया