शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज नेप्से १८ अंकले घट्यो

आइतवार , श्रावण ११, २०८२

काठमाडौं,११ साउन –नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १८.४४ अंकले घटेर २९६४. २० विन्दुमा रोकिएको छ ।

आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज समता घरेलु लघुवित्त र ट्रेड टावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जीको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मुल्य ६.३४ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार शिभम सिमेन्टको एक अर्ब २ करोड ३ लाख ३५ हजार बराबरको र एन्गाडी ग्रुप पावर लिमिटेडको ८८ करोड ९० लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया