शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुन तोलामा १८ सय बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड

मंगलवार , श्रावण ६, २०८२

काठमाडौँ, ६ साउन – मंगलबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउमा भने आज नयाँ रेकर्ड बनेको छ । चाँदी अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ बढेर प्रतितोला २ हजार ३२० रुपैयाँ मूल्य कायम भएको छ । यसअघि साउन ३० गते २ हजार ३१५ रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।

 

प्रतिक्रिया