शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

आइतवार , आषाढ ८, २०८२

काठमाडौं,८ असार – नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढे छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा मूल्यमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया