बारा,१७ फागुन, - बाराको देवताल गाउँपालिका ३ निवासी शम्भु प्रसाद यादव र बबिता देवी यादवको चारै छोरी सरकारी सेवामा प्रवेश गर्न सफल भएका छन् । हालै सार्वजनिक प्राथमिक तह शिक्षक पदको नतिजासँगै परिवारको सपना पूरा भएको हो ।
परिवारका जेठी छोरी पूजा यादव स्थानीय तह अधिकृत (छैटौं तह) मा कार्यरत छिन् भने कविता यादव र पल्वि यादव संघीय सरकार अन्तर्गत खरिदार पदमा कार्यरत छिन् । कान्छी छोरी गुन्जा यादव हालै प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएकी छिन् ।
चार दिदीबहिनीको मेहनत र सफलताले परिवारका साथै स्थानिय बासीहरूलाई समेत गर्व गर्नुपर्ने अवसर प्रदान गरेको छ । शिक्षाको माध्यमबाट समाज रूपान्तरण गर्न सकिने विश्वास राख्दै यादव परिवारले छोरीहरूको सफलतामा गर्व व्यक्त गरेको छ ।