शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली खेलकुद महोत्सवमा मंगलवार ७ विधाका खेल सम्पन्न

बुधवार , फाल्गुण ७, २०८१

सिन्धुली – सिन्धुलीमा सञ्चालन भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१ को दोस्रो दिन मंगलवार ७ विधाका खेल सम्पन्न भएका छन् । कबड्डी, कराते, ३०० मिटर दौड, २०० मिटरको दौड, हाई जम्प, ४०० मिटर दौड (रिले), लङ जम्प लगायतका खेलहरू सम्पन्न भएका हुन् ।

कबड्डीमा महिला तर्फ हरिहरपुरगढी गाउँपालिका र कमलामाई नगरपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा २१÷५२ को अन्तरले हरिहरपुरगढीलाई पछि पार्दै कमलामाई नगरपालिका फाइनलमा प्रवेश गरेको छ । सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिका बिच भएको प्रतिस्पर्धामा ३३÷५६ को अन्तरले गोलन्जोर पछि पार्दै सुनकोशी गाउँपालिका फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

पुरुष तर्फ दुुधौली नगरपालिका र गोलन्जोर गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा ३६÷५६ को अन्तरमा गोलन्जोर गाउँपालिका लाई पछि पार्दै दुुधौली नगरपालिका फाइनलमा प्रवेश गरेको छ । त्यस्तै कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिका बिच भएको प्रतिस्पर्धामा ३१÷४० को अन्तरले कमलामाई नगरपालिकालाई पछि पार्दै सुनकोशी गाउँपालिका फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

एथलेटिक्स तर्फ ३००० मिटर दौड, २०० मिटरको दौड, हाई जम्प, ४०० मिटर दौड (रिले), लङ जम्पमा कमलामाई, दुधौली, हरिहरपुरगढी, मरिण, सुनकोशी, गोलन्जोर, घ्याङलेख, फिक्कल, तीनपाटन गाउँपालिका बिच भएको प्रतिस्पर्धा भएको थियो । जसमा ३००० मिटर दौडमा महिला तर्फ तीनपाटन गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो, र सुनकोशी गाउँपालिका तेस्रो भएको छ भने पुरुष तर्फ फिक्कल गाउँपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो र हरिहरपुरढी गाउँपालिका तेस्रो भएको छ ।

यसैगरि २०० मिटरको दौडमा महिला तर्फ सुनकोशी गाउँपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो, र दुधौली नगरपालिका तेस्रो भएको छ भने पुरुष तर्फ दुधौली नगरपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ ।

त्यस्तै हाई जम्पमा महिला तर्फ कमलामाई नगरपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र मरिण गाउँपालिका तेस्रो भएको छ भने पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ ।

४०० मिटर दौड (रिले) मा महिला तर्फ दुधौली नगरपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ भने पुरुष तर्फ दुधौली नगरपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ । साथै लङ जम्पमा महिला तर्फ सुनकोशी गाउँपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ भने परुष तर्फ तीनपाटन गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ ।

यसै गरी करातेमा काता महिला तर्फ कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र दुधौली नगरपालिका तेस्रो भएको छ भने पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ ।

त्यस्तै करातेको ४० के.जी. (बाउन्ड) मा महिला तर्फ दुधौली नगपालिमा प्रथम, मरिण गाउँपालिका दोस्रो तथा कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ४५ के.जी. (बाउन्ड) मा महिला तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो तथा हरिहरपुरढी गाउँपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ५० के.जी. (बाउन्ड) मा महिला तर्फ हरिहरपुरगढी गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो तथा दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ५५ के.जी.(बाउन्ड) मा महिला तर्फ मरिण गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिका तेस्रो भएको छ । साथै ६० के.जी. (बाउन्ड) मा महिला तर्फ मरिण गाउँपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो तथा दुधौली नगरपालिका र कमलामाई नगरपालिका तेस्रो भएको छ ।

त्यसै गरी ४२ के.जी.(बाउन्ड) मा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो तथा मरिण गाउँपालिका र दुधौली नगरपालिका तेस्रो भएको छ । ४६ के.जी.(बाउन्ड) मा पुरुष तर्फ मरिण गाउँपालिका पहिलो, दुधौली गाउँपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ । ५२ के.जी. (बाउन्ड)मा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो तथा दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ५७ के.जी. (बाउन्ड) मा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो तथा दुधौली नगरपालिका र मरिण गाउँपालिका तेस्रो भएको छ । साथै ६२ के.जी.(बाउन्ड)मा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ ।

प्रतिक्रिया