शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सिन्धुलीमा अत्याधुनिक जिम सेन्टर

शुक्रवार , फाल्गुण २, २०८१

सिन्धुली – पछिल्लो समय शारीरिक तन्दुरुस्तीका लागि मानिसहरु सचेत हुन थालेका छन् । पुरुष मात्रै नभएर महिलाहरू पनि व्यायामका लागि फिटनेश केन्द्र पुग्न थालेको पाइन्छन् ।

सिन्धुलीमा केही बर्ष अघिसम्म पुरुषहरूका लागि फिटनेश केन्द्र रहेपनि महिलाहरूका लागि भने थिएन । पछिल्लो समय सिन्धुलीमा सञ्चालित आधुनिक फिटनेश केन्द्रहरूमा महिलाहरूलाई पनि व्यायाम गर्ने व्यवस्था गरिएपछि आकर्षण बढ्दो रूपमा पाइन्छ । कतिपय खानपानका कारण र कतिपय कामको दबाबका कारण अस्वस्थ हुँदै गएपछि फिटनेशका लागि जिम क्लब आउने क्रम बढेको छ ।

सिन्धुलीमा हाल आधा दर्जन बढी फिटनेश केन्द्रहरू सञ्चालनमा रहेका छन् जसमा आधा बढी सिन्धुली बजारमै स्थापना भएका छन् । फिनटेश क्लबमा व्यायाम गर्ने महिलाहरूको संख्या पनि बढ्दै गएको छ ।

सिन्धुलीकै बजार क्षेत्रमा नयाँ जिम सेन्टर ‘लामा जिम केन्द्र’ सञ्चालनमा आएको छ । जसले यहाँका नागरिकलाई शारीरिक स्वास्थ्य र तन्दुरुस्तीका नयाँ अवसरहरू प्रदान गर्नेछ । यो जिम सेन्टर अत्याधुनिक उपकरण र सेवासँग सुसज्जित छ, जसले युवापुस्तासहित सबै उमेरका व्यक्तिहरूलाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्य राख्दछ ।

सिन्धुलीको रातमाटाको जक्सन क्याफे नजिक फिटनेसका लागि ‘लामा जिम केन्द्र ’ सञ्चालनमा आएको छ । सिन्धुलीको युवा व्यवसायीले चालिस लाख बढी लगानीमा ‘लामा जिम केन्द्र’ सञ्चालनमा ल्याएका हुन् । “फिटनेसका लागि आवश्यक सबै उपकरण सहित ‘लामा जिम केन्द्र’ सञ्चालनमा ल्याइएको हो ”, जीमका सञ्चालक अरुण लामाले सिन्धुली सौगातसँग भन्नुभयो, “हामी सिन्धुलीका अन्य जीमहरू भन्दा बिल्कुलै फरक सेवा लिएर आएका छौं ।”

‘लामा जिम केन्द्र’ मा सदस्यहरूलाई व्यक्तिगत प्रशिक्षणको अवसर पनि उपलब्ध गराइएको छ जसले प्रत्येक सदस्यलाई उनीहरूको फिटनेस स्तर र लक्ष्यअनुसार प्रशिक्षण दिनेछन् । यस जिममा आधुनिक प्रविधिहरूको प्रयोग गरी प्रत्येक सदस्यको स्वास्थ्य स्थिति नियमित रूपमा निगरानी गरिन्छ । प्रत्येक सदस्यको शारीरिक स्थिति मूल्यांकन गरी तिनीहरूको आवश्यकता अनुसार व्यक्तिगत प्रशिक्षणको योजना बनाइन्छ । जिमका प्रशिक्षकहरूले शारीरिक स्वास्थ्य सुधार्नका लागि पोषण, शारीरिक व्यायाम र मानसिक स्वास्थ्यसम्बन्धी जानकारी पनि प्रदान गर्नेछन् ।

साथै, जिमले विभिन्न सदस्यता योजनाहरू पनि प्रस्तुत गरेको छ । यहाँ मासिक, त्रैमासिक र वार्षिक सदस्यताको प्यकेज उपलब्ध भएको सञ्चालक लामाले बताउाुभयो । ग्राहकहरूको सुविधाका लागि सदस्यता योजनाहरू अनलाइन र व्यक्तिगत दुवै माध्यमबाट उपलब्ध गराइएका छन् ।

सिन्धुलीको प्रमुख बजार क्षेत्र नजिकै अवस्थित ‘लामा जिम केन्द्र÷’मा व्यायामका लागि सबै प्रकारका अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपकरणहरू उपलब्ध गराइएका छन् । यहाँ कार्डियो मेशिनहरू साथै योगका कोर्सहरू पनि उपलब्ध छन् । जिमका प्रशिक्षकहरूले सदस्यहरूको व्यक्तिगत आवश्यकता र स्वास्थ्य लक्ष्यका आधारमा प्रशिक्षण दिन्छन् । ‘लामा जिम केन्द्र’ ले समूहमा प्रशिक्षण कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ, जसले सदस्यहरूलाई मस्तीका साथ फिट राख्न मद्दत पु¥याउँछ ।

प्रतिक्रिया