शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा खेलकुद महोत्सब हुने

आइतवार , माघ २७, २०८१

सिन्धुली – ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराको साथ जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ हुने भएको छ । सिन्धुली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।

यही फागुन ५ गते बाट सुरु हुने प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब १३ गते सम्म सिन्धुलीमाढीको खुल्लामंच अगाडी चौरीमा संचालन हुने छ । महोत्सबमा फुट्बल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स, म्याराथन, बक्सिङ लगाएतका १०ओटा खेल खेलाईने शनिबार पत्रकार सम्मेलन गर्दै खेलकुद विकास समितिले जानकारी दिएको हो ।

खेलकुदको माध्यामबाट सामूहिक भावनाको विकास गराई स्थानिय स्तरबाटै खेल र खेलाडीको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन गर्न लागिएको खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष बिर बहादुर थिङ् तामाङ्ले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाका १ हजार ३४५ जना खेलाडीहरूको सहभागिता रहने छ साथै खेलमा विजेता खेलाडीहरु र सहभागीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने छ भने समग्र टिममा मेडलको आधारमा प्रथम, द्धितिय र तृतीय पालिकालाई उत्कृष्ट ट्रफि समेत प्रदान गरिने छ ।

खेलमा सहभागि खेलाडीहरुलाई खेल अवधि सम्म खाना,खाजाको व्यवस्था गरिएको छ । र खेलमा सहभागी हुन स्थायी ठेगाना सिन्धुली हुनु पर्ने र खेलाडीहरूले आफ्नो पालिकाको नाम उल्लेख गरिएको पोसाक लागाउनु पर्ने छ ।

प्रतिक्रिया