सिन्धुली,– पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपिभी खोप तेस्रो दिन सम्म सिन्धुलीमा १० हजार ८२१ जना किशोरीलाजनाले लगाएका छन् । मंगलबारदेखि दिन सुरु गरिएको खोप अभियानको तेस्रो दिनसम्ममा झण्डै ७४ प्रतिशत किशोरीहरुमा खोप लगाइएको हो ।
जिल्लाभर २२२ वटा विद्यालय र ८१ वटा स्वास्थ्य संस्थामा प्रवाह गरिएको खोप सेवामा पहिलो दिन पहिलो दिन दुई हजार १४१ जना, दोस्रो दिन पाँच हजार २७९ जनार तेस्रो दिन तिन हजार ४२१ जना जनाले खोप लगाएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
खोप सेवा सञ्चालनको लागि जिल्लाका सबै स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु खोप केन्द्रमा परिचालित भएका छन् । खोप सञ्चालनसम्वन्धि अभिमुखिकरण कार्यक्रम पश्चात आवश्यक खोप सबै खोप केन्द्रमा ब्यवस्थापन गरी सेवा निरन्तर गरिएको पन्तले जानकारी दिनुभयो । उहाँले उक्त खोप पूर्ण सुरक्षित रहेकाले लक्षित बर्गलाई विश्वस्त भइ सेवा लिन अनुरोध गर्नुभयो ।
जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सिन्धुली जिल्लामा १४ हजार ५०५ र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका ११७ जना किशोरीहरूलाई खोप लगाइने छ । सेवा सुचारु भएको तेस्रो दिनसम्ममा विद्यालय वाहिर रहेका एकसय ३० जना किशोरीहरुले खोप लागाइसकेका छन् ।
हाल सम्म कमलामाई नगरपालिकाका २ हजार ३८४, दुधौली नगरपालिकाका २ हजार ९७, तिनपाटन गाउँपालिकाका १ हजार २५२, फिक्कल गाउँपालिकाका ७८०, गोलञ्जोर गाउँपालिकाका ९३८, सुनकोसी गाउँपालिकाका ९१९, घ्याङलेख गाउँपालिकाका ६६३, मरिण गाउँपालिकाका १ हजार ६९ र हरिहरपुरगढी गाउँपालिकाका ७१९ जनाले खोप लगाएका छन् ।
विद्यालय बाहिर रहेका कमलामाई नगरपालिकामा १, दुधौली नगरपालिकामा १२, तिनपाटन गाउँपालिकामा २, गोलञ्जोर गाउँपालिकामा १, सुनकोसी गाउँपालिकामा ३, घ्याङलेख गाउँपालिकामा ६ र हरिहरपुरगढी गाउँपालिकामा ५ जना विद्यालय बाहिर रहेका किशोरीलाई खोप लगाइएको पन्तले जानकारी दिनुभयो ।
स्थानीय तह अनुसार घ्याङलेख गाउँपालिकामा सबै भन्दा धेरै ९० प्रतिशत खोप लगाउने कार्य सकिएको उहाँले जानकारी दिनुभयो । कमलामाईमा ६५.८ प्रतिशत, दुधौलीमा ७०.१ प्रतिशत, तिनपाटनमा ८०.५ प्रतिशत, फिक्कलमा ७०.२ प्रतिशत, गोलञ्जोरमा ८६.५ प्रतिशत, सुनकोसीमा ८७.९ प्रतिशत, मरिणमा ७२.३ प्रतिशत र हरिहरपुरगढीमा ७१.५ प्रतिशत लक्ष्य पुरा भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा समग्र अवस्थामा हेर्दा तेस्रो दिनमा नै ७४ प्रतिशत खोप लगाउने कार्यको प्रगति भएको छ यो लक्ष्य अनुसार नै हो पन्तले भन्नुभयो । अभियानको चौथो दिन शुक्रवार ५६ वटा खोप केन्द्र मार्फत १ हजार २६९ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
चौथो दिन कमलामाईमा ७ वटा खोप केन्द्र मार्फत ३५६, दुधौलीमा ६ वटा खोप केन्द्र मार्फत ३४०, तिनपाटनमा ११ वटा खोप केन्द्र मार्फत २१२, फिक्कलमा २ वटा खोप केन्द्र मार्फत १६१, गोलञ्जोरमा १ वटा खोप केन्द्र मार्फत २१, सुनकोसीमा २ वटा खोप केन्द्र मार्फत ५२ र मरिणमा ३ खोप केन्द्र मार्फत १२७ जना किशोरीलाई खोप लगाउने लक्ष्य कार्यालयको रहेको उहाँले बताउनुभयो ।
विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउने कार्यमा सहयोग गर्न उहाँले सम्बन्धित सवैमा आग्रह गर्नुभयो । विद्यालयमा विभिन्न कारणले खोप लगाउन नपाएका किशोरीहरूले नजिकको खोप केन्द्रमा गएर पनि अभियान भरी खोप लगाउन सक्ने उहाँको भनाई रहेको छ ।