सिन्धुली – पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानको दोश्रो दिन बुधवार सिन्धुलीमा ५ हजार २७९ जना किशोरीले खोप लगाएका छन् । जन स्वास्थ्य कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार जिल्लाभरीमा ६ हजार ५२७ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ५ हजार २७९ जनाले खोप लगाएका हुन् । लक्ष्य अनुसार १ हजार २४८ जनाले खोप लगाएनन् । खोप अभियानको पहिलो दिन २ हजार १४१ जना किशोरीले खोप लगाएका थिए ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तका अनुसार दोस्रो दिन सम्ममा कमलामाई नगरपालिकाका १ हजार ७७१, दुधौली नगरपालिकाका १ हजार २८९, तिनपाटन गाउँपालिकाका ९१८, फिक्कल गाउँपालिकाका ४२४, गोलञ्जोर गाउँपालिकाका ६४९, सुनकोसी गाउँपालिकाका ७९१, घ्याङलेख गाउँपालिकाका ४५६, मरिण गाउँपालिकाका ५५६ र हरिहरपुरगढी गाउँपालिकाका ५६६ जनाले खोप लगाएका छन् ।
कमलामाईमा ४८.९ प्रतिशत, दुधौलीमा ४३.१ प्रतिशत, तिनपाटनमा ५९ प्रतिशत, फिक्कलमा ३८.२ प्रतिशत, गोलञ्जोरमा ५९.८ प्रतिशत, सुनकोसीमा ७५.७ प्रतिशत, घ्याङलेखमा ६२.६ प्रतिशत, मरिणमा ३७.६ प्रतिशत र हरिहरपुरगढीमा ५६.३ प्रतिशत लक्ष्य पुरा भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा समग्र अवस्थामा हेर्दा दोस्रो दिनमा नै ५० प्रतिशत खोप लगाउने कार्यको प्रगति भएको उहाँले बताउनुभयो ।
विद्यालय बाहिर रहेका १६ किशोरीले ‘एचपीभी’ खोप लगाएका छन् । कमलामाई नगरपालिकामा १, दुधौली नगरपालिकामा ८, तिनपाटन गाउँपालिकामा २, घ्याङलेख गाउँपालिकामा ३ र हरिहरपुरगढी गाउँपालिकामा २ जना किशोरीले खोप लगाएका छन् । अभियानको तेस्रो दिन बिहीबार ३ हजार ४२१ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।
खोप लगाउने क्रममा दुधौली नगरपालिकामा १, तिनपाटन गाउँपालिकामा १० गोलञ्जोरमा १, मरिण गाउँपालिकामा ५ र हरिहरपुरगढी गाउँपालिकामा १ किशोरीमा सामान्य समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।