शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

शारदामणि खड्का स्मृति कप प्रतियोगिताको आज ४ खेल हुने

मंगलवार , माघ १५, २०८१

सिन्धुली,१५ माघ – सिन्धुली बहुमुखी क्याम्पसले आयोजना गरेको शारदामणि खड्का स्मृति कप भलिबल प्रतियोगिताको दोश्रो दिन आज मंगलवार ४ खेल हुने भएको छ ।

प्रतियोगिता अन्तर्गत मंगलवार बिहान ९ बजे सिन्धुली बहुमुखी क्याम्पस “वि” र जनता माध्यमिक विद्यालय खनियाखर्क बिच खेल हुने क्याम्पस प्रमुख भानु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान १० बजे जनजागृति उच्च माध्यमिक विद्यालय र शिद्धबाबा+२ बिच खेल हुने छ ।

यस्तै बिहान ११ बजे गौमती उच्च माध्यमिक विद्यालय र सिन्धुली बहुमुखी क्याम्पस “ए” र दिउँसो १ बजे कमला जनज्योति उच्च माध्यमिक विद्यालय र भिमज्योती खुर्कोट बिच खेल हुने छ ।

प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा श्री गौमति उच्च माध्यमिक विद्यालयलाई सोझो दुई सेटले पछि पार्दै सिन्धुली बहुमुखी क्याम्पस विजयी भएको क्याम्पस प्रमुख भानु गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोस्रो खेलमा सिन्धुली कलेज आफ होटेल म्यानेजमेन्टसंग भएको प्रतिस्पर्धामा शिद्धबाबा +२ ले लगातार सेट जित निकाल्दै विजयी भएको छ । तेस्रो खेलमा खनियाखर्क मावि विजयी भएको छ । आधुनिक इङ्ग्लिस बोर्डिङ स्कुललाई लगातार दुई सेटले पछि पार्दै खनियाखर्क मावि विजयी भएको हो ।

चौथो खेलमा भिमान माध्यमिक विद्यालय विजयी भएको छ । कमला माध्यमिक विद्यालयलाई सोझो दुई सेटले पछि पादै भिमान विजयी भएको हो । सोमबार भएको पाँचौँ खेलमा श्री गौमति उच्च माध्यमिक विद्यालय विजयी भएको छ । सिद्धबाबा बोर्डिङ स्कुललाई लगातार दुई सेटले पछि पार्दै गौमति विजयी भएको हो ।

सोमबार भएको अन्तिम छैटौँ खेलमा कमला जनज्योति माध्यमिक विद्यालय सिलामे विजयी भएको छ । प्रतियोगितामा सिद्धज्योती शिक्षा क्याम्पस फोस्रेटारलाई लगातार दुई सेटमा पछि पार्दै सिलामे विजयी भएको हो ।

सिन्धुली बहुखुखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख स्वर्गीय शारदामणि खड्काको सम्झनामा आयोजना गरिएको शारदामणि खड्का स्मृति कप २०२५ आइतबार बाट सुरु भएको हो ।

 

प्रतिक्रिया