शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनकोशीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

शुक्रवार , पौष २६, २०८१

सिन्धुली, – सिन्धुलीकोे शुनकोशी गाउँपालिमा विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुरु भएको खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न १० विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनले उदघाटन गर्नुभयो । प्रतियोगितामा छात्र,छात्रा भलिबल, कबड्डी, १ सय देखि ३ हजार मिटर दौड, हाईजम्प, त्रिपलजम्प, सटफुट, ज्याभ्लिङ थ्रो लगाएतका खेलहरू विद्यार्थीहरूबिच प्रतिस्पर्धा हुने सुनकोशी गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुने विद्यालयले ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

प्रतियोगिताको उदघाटन गर्दै प्रतिनिधिसभा सदस्य दाहालले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता बढाउन आवश्यक स्रोत साधन जुटाउन सक्दो पहल गर्ने बताउनुभयो ।

उदघाटन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य छेत्र बहादुर बम्जन, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोईराला, माओवादी केन्द्र सुनकोशी गाउँकमिटीका ईन्चार्ज भेषराज दाहाल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, सात वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू, विद्यार्थी र शिक्षकहरूको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया