शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम, काठमाडौँ र लुम्बिनी भिड्दै

बुधवार , मंसिर २६, २०८१

काठमाडौँ, २६ मंसिरः राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज  जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।

आ पहिलो खेल बिहान ९ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् .। दोश्रो खेल काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्  ।

जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले चार खेलमध्ये तीनमा जित निकालेको छ । तीन खेल खेलेको काठमाडौँ गुर्खाजले दुई खेल जितेको छभने एक खेलमा पराजित भएको छ । लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ ।

प्रतिक्रिया